"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्तरजातीय विवाहका कारण दलितहरु पीडा सहन बाध्य

No data was found

Khabar Raftar

विष्णु विश्वकर्मा,चैत्र २ बागलुङ । अन्तरजातीय विवाहका कारण दलित समुदाय थप पीडा सहन बाध्य भएको दलित समुदायले बताएका छन । बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले उमेर पुगेका युवायुवतीले मन मिलेर अन्तरजातीय विवाह गरे पनि परिवारले दलित युवकलाई बलात्कार, अपहरण लगायतका मुद्दा लगाएर जेलमा हाल्ने गरेर थप पीडा दिने काम भएको बताएका हुन । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर बुर्कुटीको सहभागीता रहेको अन्तक्र्रिया कार्यक्रम्मा सहभागी दलित समुदायका अगुवाहरुले यस्तो बताएका हुन ।

अहिले पनि समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोण नबदलिएको बताउदै उनिहरुले राज्यले दलितका मुद्दालाई उठान गर्नुकासाथै समस्या समाधान गर्न नीति कानुन बनाए पनि कार्यान्वयन नहुँदा दलितहरुलाई अझै समाजको तल्लो दर्जामा राखेर हेर्ने गरिएको उनीहरुले बताएका छन । उनीहरुले संविधानमा धेरै कुराहरु लेखिएको भए पनि अहिलेसम्म व्यवहारमा लागु नभएको बताए । समाजले गर्ने विभेद जसले भोग्छ उसैलाई मात्र थाहा हुँने बताउदै उनिहरुले दलित भएर बाँच्नुको पीडा अरुले बुझ्न नसकेको बताए ।

दलित अगुवा धनबहादुर परियारले बागलुङमा अपमानित नाम थर भएका व्यक्तिको नागरिकतामा नाम फेरि दिन प्रशासन कार्यालयले आनाकानी गरेर दुःख दिने गरेको गुनासो गरे । उनले अहिले पनि वर्षौँदेखिका दलितका मुद्दा जिल्ला अदालतमा थन्किएको बताउदै सरोकारवाला निकायले यसको छानबिन गरी न्यान दिलाउन नसकेको प्रति दुःखेसो पोखे । बागलुङ दलित आन्दोलनको मुख्य थलो भएको बताउदै उनले दलित समुदाय अहिले पनि माथिल्लो जात भन्नेबाट पीडित हुनुपरेको बताए । अदालतमा दलिका मुद्दा धेरै भएको बताउदै उनले दलितको पक्षमा बोल्ने, सुन्ने कोही नहुँदा दलितका मुद्दा हराउँदै गएको बताए । कार्यालयमा जाँदा समयमै काम गरि दिँदैनन्, यो वा त्यो बहानामा दुःख दिन्छन्, संविधानले व्यवस्था गरे अनुसारको काम गरी दिन पनि हिचकिचाउने र पीडा दिने काम बढी भएको छ उनले भने ।

उनले राष्ट्रिय दलित आयोग दलितका माग र मुद्दालाई स्थापित गर्न स्थापना भए पनि वास्तविक विभेदमा परेका दलित समुदायसम्म पुग्न नसकेको बताए । दूरदराजमा अहिले पनि जातीय विभेद र छुवाछूत पहिलेको जस्तै रहेको बताउदै गाउँघरमा पनि विभिन्न प्रथाका नाममा दलितमाथि हुने अन्याय र अत्याचार उस्तै भएको बताए । त्यसैगरी स्थानीय पवित्रा सुनारले अहिलेसम्म दलित समुदायसम्म सहजरुपमा न्याय नपुगेको बताईन । घर टोल छिमेक र समाजमा खुलेआम छुवाछूत हुने गरेको बताउदै उनले यस्ता मुद्दा लिएर न्यायालयमा जाँदा न्याय पाउन नसकेको गुनासो गरिन । बेलाबेलामा दलित समुदायमाथि विभेद हुँदै आएको बताउदै उनले गैरदलितसंग प्रेम सम्बन्ध तथा विवाह गरे समाजबाट निष्कासित हुनुपरेका घटना जिल्लामा धेरै भएको बताइन । दलित संघ बागलुङका अध्यक्ष ताराबहादुर विकले जिल्लामा धेरै जसो दलितहरु भूमिहीन रहेको बताउदैै उनीहरुलाई राज्यबाट कुनै पनि सहयोग हुन नसकेको बताए ।

ज्याला मजदुरी गरेर पेट पाल्दै आएका नागरिकलाई सरकारले गाँस, बाँस र कपाससँगै समाजमा सहजरुपमा जिउने वातावरण मिलाउने आश्वासन धेरै आए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनले बताए । कयौँ दलितको आफ्नो घर छैन, जग्गा जमिन छैन, उनीहरु कहाँ बसौँ, के खाउँ भन्ने अवस्थामा छन्, त्यसैमा गैरदलितबाट हुने दमन, विभेद र छुवाछूतले प्रताडीत बनाएको बताए । यस्तो अवस्थामा दलित आयोग कहाँ छ, खै उनीहरुलाई न्याय दिएको, प्रहरी प्रशासन कहाँ छ, दलित समुदाय कहिलेसम्म थिचोमिचोमा बस्ने उनले प्रश्न गरे ? । त्यसैगरी स्थानीय भक्तबहादुर विकले माथिल्लो पदकै व्यक्तिबाट दलितमाथि विभेद हुने गरेको बताउदै सभा समारोह तथा कार्यालयका काममा सँगै चिया, खाजा तथा खाना खाँदा पनि विभेद हुने गरेको बताए । अहिले पनि शिक्षा, स्वास्थ्यमा दलितहरुको सहज पहुँच पुग्न नसकेको बताउदै उनले राष्ट्रिय दलित आयोगले उनीहरुलाई सचेतनामूलक र जीवनशैली सम्बन्धित तालिम दिन आवश्यक रहेको बताए ।

अहिलेको युगमा पनि जातीय छुवाछूत, विभेद हुने गरेको बताउदै नीति कानुनको कार्यान्वयन नहुँदा दलितहरुले जातीय पीडा भोग्नु परेको बताए । पढे लेखेका र बुझेका व्यक्तिले पनि छुवाछूत गर्ने गरेको बताउदै दूरदराजका अशिक्षित नागरिकको अवस्था झनै कष्टकर भएको बताए । अहिले पनि दलित भएकै कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको उनले बताए ।

राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर बुर्कुटीले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दलित सेल स्थापना गरी उनीहरुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न निर्देशन दिए । प्रशासनले अपमानित नाम थर परिवर्तन गर्न आउने नागरिकलाई समस्यामा नपार्न पनि प्रशासनलाई आग्रह गरे । अन्य जिल्लामा भन्दा बागलुङमा जातीय विभेद र छुवाछूत सम्बन्धी घटना धेरै हुने गरेको बताउदै उनले प्रशासन र प्रहरी चनाखो हुनु पर्ने बताए ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता