भदौ २५ कञ्चनपुर । कञ्चनपुरबाट खैरो हिरोइन सहित डोटीका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुर स्थित लिटिल स्टार स्कुल नजिकबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ४२० मिलिग्राम सहित डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–८ लडागडा घर भई हाल कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुर कोठा गरि बस्ने २३ वर्षीय रमेश कुञ्जेडालाई प्रहरीले पक्राउ गरेको हो ।
कुञ्जेडालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Post Views: 47


