सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, कृषि, जलविद्युत्, पर्यटन, वन तथा जडीबुटीको अपार सम्भावना बोकेको प्रदेश हो । यति धेरै सम्भावना हु“दाहु“दै पनि प्रदेशको आर्थिक विकासले अपेक्षित गति लिन सकेको छैन । रोजगारीको खोजीमा हजारौ युवाहरू भारत तथा तेस्रो मुलुक जान बाध्य छन् । स्थानीय उत्पादनले पर्याप्त बजार पाउन सकेको छैन भने उद्योगधन्दा स्थापना र विस्तारको गति पनि निकै कमजोर छ ।
सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि औद्योगिक विकासलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी छ । प्रदेशमा कृषि उत्पादनको प्रशस्त सम्भावना रहेको छ । धान, गहु“, दलहन, तेलहन, तरकारी, फलफूल तथा पशुपालनस“ग सम्बन्धित उत्पादनलाई प्रशोधन उद्योगस“ग जोड्न सकिन्छ । किसानले उत्पादन गरेको कच्चा वस्तु प्रदेशभित्रै प्रशोधन गर्न सके मूल्य अभिवृद्धि हुनेछ, रोजगारी सिर्जना हुनेछ र स्थानीय अर्थतन्त्र बलियो बन्नेछ ।
कृषि उत्पादन गरेर मात्र होइन, त्यसलाई उद्योगस“ग जोडेर बजारसम्म पु¥याउने नीति आवश्यक छ । त्यसैगरी सुदूरपश्चिम जडीबुटी र वनजन्य उत्पादनका दृष्टिले पनि सम्भावनायुक्त प्रदेश हो । विभिन्न जडीबुटी, स्थानीय वनस्पति तथा प्राकृतिक स्रोतलाई वैज्ञानिक अनुसन्धान र प्रशोधनस“ग जोड्न सकिए औषधिजन्य तथा अन्य उद्योगको विकास गर्न सकिन्छ ।
कच्चा पदार्थ बाहिर पठाउने र महँगो मूल्यमा तयारी वस्तु आयात गर्ने अवस्थाको अन्त्य गर्न स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना गर्न जरुरी छ । जलविद्युत् क्षेत्रमा पनि सुदूरपश्चिममा ठूलो सम्भावना रहेको छ । पर्याप्त ऊर्जा उत्पादन र भरपर्दो विद्युत् आपूर्ति औद्योगिकीकरणको आधार हो । उद्योग सञ्चालनका लागि सडक, विद्युत्, सञ्चार, पानी र बजारको सहज पहु“च आवश्यक हुन्छ ।
त्यसैले औद्योगिक विकासलाई केवल उद्योग खोल्ने विषयका रूपमा होइन, समग्र पूर्वाधार विकासस“ग जोडेर हेर्नुपर्छ । औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । उद्योग स्थापना गर्न चाहने लगानीकर्ताले अनावश्यक झन्झट, लामो प्रशासनिक प्रक्रिया र अस्थिर नीतिको सामना गर्नुपरेमा लगानी आकर्षित हुन सक्दैन । एकद्वार प्रणाली मार्फत उद्योग दर्ता, जग्गा व्यवस्थापन, विद्युत् जडान तथा आवश्यक अनुमति प्रक्रिया सहज बनाउनु पर्छ ।
प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रस“ग सहकार्य गर्दै स्पष्ट औद्योगिक नीति अघि सार्न आवश्यक छ । सुदूरपश्चिमका युवालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने जनशक्तिका रूपमा विकास गर्नुपर्छ । त्यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप विकास, उद्यमशीलता तालिम र सहुलियतपूर्ण वित्तीय पहु“च आवश्यक छ ।
स्थानीय युवाले उद्योग सञ्चालन गर्न सक्ने वातावरण निर्माण भए वैदेशिक रोजगारीमा जाने बाध्यता पनि क्रमशः कम गर्न सकिन्छ । औद्योगिकीकरणस“गै वातावरण संरक्षणलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । सुदूरपश्चिम प्रदेशका सम्भावनालाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्न जरुरी छ ।
सरकारले स्पष्ट नीति बनाउने, निजी क्षेत्रले लगानी बढाउने, बैंक तथा वित्तीय संस्थाले उद्यमीलाई सहयोग गर्ने र स्थानीय समुदायले उत्पादनमुखी अर्थतन्त्र निर्माणमा योगदान गर्ने हो भने औद्योगिक विकासले प्रदेशको मुहार बदल्न सक्छ ।
सुदूरपश्चिमको समृद्धिको आधार प्राकृतिक स्रोतको उचित उपयोग र औद्योगिकीकरण भएकाले औद्योगिक विकासको बाटोमा अगाडी बढ्न जरुरी छ । समृद्ध, आत्मनिर्भर र रोजगारीमूलक सुदूरपश्चिम निर्माणका लागि औद्योगिक विकासमा लाग्न जरुरी छ ।

