सुदूरपश्चिम प्रदेश प्राकृतिक रूपमा सुन्दर र सम्भावनायुक्त प्रदेश हो । वर्षायाममा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमस“ग पनि निरन्तर जुधिरहेको प्रदेश हो ।
अविरल वर्षास“गै नदी तथा खोलामा आउने बाढी, पहाडी जिल्लामा जाने पहिरो र तराई क्षेत्रमा हुने डुबानले हरेक वर्ष नागरिकको जीवन प्रभावित हुने गरेको छ । यस वर्ष पनि विभिन्न जिल्लामा बाढीपहिरोका कारण जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् तथा सञ्चार सेवा प्रभावित र नागरिक विस्थापित हुने क्रम सुरु भएको छ ।
विपद्का बेला केवल उद्धार मात्र होइन, पीडित नागरिकको उचित व्यवस्थापन गर्नु पनि च्ुनौती रहेको छ । घर गुमाएका, आफन्त गुमाएका र आफ्नो सम्पत्ति बाढीपहिरोमा गुमाएका नागरिकलाई तत्काल सुरक्षित स्थान, खाना, स्वास्थ्य सेवा र आवश्यक राहत उपलब्ध गराउनु राज्यको पहिलो दायित्व हो । पीडितलाई केही दिन राहत वितरण गरेर मात्र जिम्मेवारी पूरा भएको नठानी उनीहरूको दीर्घकालीन पुनस्र्थापना र सुरक्षित भविष्यको व्यवस्था गर्नु आवश्यक छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सडक अवरुद्ध हु“दा उद्धार र राहत पु¥याउन कठिनाइ हुने गरेको छ । बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम लगायतका जिल्लामा पहिरोले सडक अवरुद्ध भएपछि दुर्गम बस्तीका नागरिक थप समस्यामा पर्ने गरेका छन् । त्यसैगरी कैलाली र कञ्चनपुरका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बाढी र डुबानको खतरा रहेको छ ।
त्यसैले विपद् व्यवस्थापनमा प्रदेश, स्थानीय र संघीय सरकारबीच प्रभावकारी समन्वय हुन जरुरी छ । विपद्का समयमा राजनीतिक आरोप–प्रत्यारोप, प्रचारबाजी र स्वार्थ भन्दा माथि उठेर काम गर्न जरुरी छ । पीडित नागरिकलाई कुन दलको समर्थन गर्छ भन्ने आधारमा होइन, उनीहरूको आवश्यकता र जोखिमका आधारमा सहयोग गरिनु पर्छ ।
राहत सामग्री वितरण पारदर्शी हुनुपर्छ र वास्तविक पीडित सम्म समयमै पुग्नु पर्छ । विपद्को नाममा राहतमा अनियमितता गर्ने, पीडितको पीडालाई प्रचारको माध्यम बनाउने वा व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति प्रति सबै सचेत हुन आवश्यक छ ।
अस्थायी राहतस“गै दीर्घकालीन समाधानमा पनि ध्यान दिन जरुरी छ । जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, नदी नियन्त्रणका संरचना निर्माण गर्ने, पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्ने र सुरक्षित आवास निर्माण गर्ने काम गरिनु पर्छ ।
प्रत्येक वर्ष विपद् आएपछि मात्र राहत खोज्ने परम्पराको अन्त्य गर्दै पूर्वतयारी, पूर्वसूचना प्रणाली र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्न जरुरी छ । सुदूरपश्चिमका नागरिकले विपद्को सामना गरिरहेका बेला सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर उद्धार राहातमा लाग्न जरुरी छ ।
पीडितको उद्धार, राहत, सुरक्षित बसोबास र पुनस्र्थापनामा सक्रिय भूमीका निर्बाह गर्न जरुरी छ । बाढीपहिरो पीडितको सुरक्षित व्यावस्थापन, राहत र पुनस्र्थापनाका लागि सबै मिलेर सक्रिय हुन जरुरी छ । बाढी,पहिरो पीडितको व्यवस्थापनमा जुटन जरुरी छ ।

