"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चुरे गाउँपालिकाको कर्मचारी छनौट, ढिलो आएका उम्मेदवारलाई अतिरिक्त समय दिएको आरोप

No data was found

Khabar Raftar

भदौ १९ धनगढी । कैलालीको चुरे गाउँपालिकामा सामाजिक मनोपरामर्शकर्ता पदका लागि गरिएको कर्मचारी छनौट प्रक्रियामा ढिलो आएका उम्मेद्वारलाई अतिरिक्त समय दिईएको आरोप लागेको छ ।

निर्धारित समय भन्दा परीक्षा हलमा ढिलो पुगेका उम्मेदवारलाई अतिरिक्त समय दिइएको र उनीहरू मध्ये एक जनालाई नियुक्तिका लागि सिफारिस गरिएको आरोप लागेको हो ।

परीक्षामा सहभागी अन्य उम्मेदवारले छनौट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाउदै विरोध गरेका छन । गाउँपालिकाले सामाजिक मनोपरामर्शकर्ता पदका लागि गरेको विज्ञापनमा आठ जनाले आवेदन दिएका थिए ।

भदौ १७ गते बिहान ११ बजे लिखित परीक्षा सञ्चालन गर्ने समय तोकिएको थियो । परीक्षामा सहभागी एक जना उम्मेदवारका अनुसार निर्धारित समयमा छ जना मात्र परीक्षा केन्द्रमा उपस्थित भएका थिए ।

बाँकी दुई जनालाई कुरेर करिब २० मिनेट पछि परीक्षा सुरु गरिएको उनको दाबी छ । परीक्षा सुरु भएको करिब ३० मिनेट पछि दुई जना उम्मेदवार परीक्षा हलमा पुगेको उनले बताए । उनका अनुसार लिखित परीक्षाका लागि ४५ मिनेट समय निर्धारण गरिएको थियो ।

समयमै परीक्षा दिएका छ जना उम्मेदवारलाई दिउँसो १२ः०५ बजे परीक्षा हलबाट बाहिर पठाइएको थियो । ढिलो आएका दुईमध्ये एक जना आफैँ परीक्षा हलबाट बाहिरिए पनि अर्का एक जना उम्मेदवारलाई भने साढे १२ बजेसम्म परीक्षा दिन दिइएको सहभागीले आरोप लगाएका छन ।

बुधबार प्रकाशित लिखित परीक्षाको नतिजा अनुसार आयुष्मा रावत पहिलो, पवित्रा पौडेल दोस्रो र पार्वती चौधरी तेस्रो स्थानमा सफल भएका थिए । सोही दिन अन्तर्वार्ता समेत सम्पन्न गरिएको थियो । अन्तर्वार्ता पछि पार्वती चौधरीलाई नियुक्तिका लागि सिफारिस गरिएको र पवित्रा पौडेललाई वैकल्पिक उम्मेदवारका रूपमा राखिएको जनाइएको छ ।

ढिलो गरी परीक्षा हलमा पुगेका उम्मेदवार मध्ये एक जनालाई नियुक्तिका लागि सिफारिस गरिएको र अर्कीलाई वैकल्पिक उम्मेदवार बनाइएको भन्दै अन्य सहभागीले छनौट प्रक्रियामाथि थप प्रश्न उठाएका छन् । एक जना सहभागीले निश्चित उम्मेदवारलाई लक्षित गरी परीक्षा समय परिवर्तन गरिएको र अतिरिक्त समय दिइएको भए त्यसले परीक्षाको निष्पक्षता प्रभावित हुने बताए ।

“कुनै निश्चित उम्मेदवारका लागि परीक्षा समय सार्नु र अतिरिक्त समय दिनु शंकास्पद विषय भएको उनले बताए । त्यसमाथि सोही व्यक्तिलाई सिफारिस गरिए पछि परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको उनले बताए । यो परीक्षा बदर गरेर पुनः निष्पक्ष रूपमा परीक्षा सञ्चालन हुनुपर्ने उनले माग गरेका छन ।

अन्य सहभागीहरूले समेत गाउँपालिकाका कर्मचारीको मिलेमतोमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरिएको आरोप लगाएका छन् । उनीहरूले घटनाबारे सम्बन्धित निकायमा उजुरी गर्ने र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म जाने चेतावनी दिएका छन् ।

यता चुरे गाउँपालिकाका सूचना अधिकारी कालीप्रसाद भट्टले भने परीक्षामा कुनै अनियमितता नभएको दाबी गरेका छन् । उनले कुनै व्यक्ति विशेषलाई लक्षित गरी अतिरिक्त समय नदिइएको बताएका छन । हामीले निर्धारित समयमै परीक्षा सञ्चालन गरेका हौँ ।

परीक्षाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी केन्द्रा अध्यक्षको थियो,” भट्टले भने, “सबै उम्मेदवारलाई बराबर समय दिइएको हो । कसैका लागि अतिरिक्त समय थपिएको छैन ।

परीक्षा निष्पक्ष ढंगबाट सञ्चालन भएको र योग्य उम्मेदवारलाई नै सिफारिस गरिएको छ । गाउँपालिकाले अनियमितताको आरोप अस्वीकार गरे पनि परीक्षामा सहभागी उम्मेदवारहरूले भने सम्पूर्ण छनौट प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

उनीहरूले छानबिनबाट प्रक्रिया त्रुटिपूर्ण देखिए परीक्षा बदर गरी पुनः निष्पक्ष रूपमा परीक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । छनौट प्रक्रियामा उठेको विवादले गाउँपालिकाको कर्मचारी भर्ना प्रक्रियामा पारदर्शिता र समान अवसर सुनिश्चित गर्नुपर्ने विषयलाई समेत बहसमा ल्याएको छ ।

भर्खरै

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग
श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना
धनगढीका निर्माणाधीन सडकमा खाल्टै खाल्टा, यात्रुलाई सास्ती
चुरे गाउँपालिकाको कर्मचारी छनौट, ढिलो आएका उम्मेदवारलाई अतिरिक्त समय दिएको आरोप
सुदूरपश्चिम प्रदेशमा धुमधामसँग गौरा पर्व मनाइयो
दार्चुलाको अपिहिमालमा पहरोले थुिनएको नदी बग्न थाल्यो, १० परिवार सुरक्षित स्थानमा सारिए
भरुवा बन्दुक सहित अछामबाट एक जना पक्राउ
बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जना बालिकाको मृत्यु
ब्राउनसुगर सहित कैलालीको धनगढीबाट चार जना पक्राउ
बैतडीको दशरथचन्द नगरपालीकाकी अस्मिताले पाइन् घरमै नागरिकता

धेरै कमेन्ट गरिएको

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2db6d3b6-8107-4962-bb66-77dc9eebdb12

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग

cropped-cropped-khabar-raftar-2.png

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना

wwwww

धनगढीका निर्माणाधीन सडकमा खाल्टै खाल्टा, यात्रुलाई सास्ती

qqq

चुरे गाउँपालिकाको कर्मचारी छनौट, ढिलो आएका उम्मेदवारलाई अतिरिक्त समय दिएको आरोप

21f43b09-9ea8-4a15-b6ca-a95b3d88738d

सुदूरपश्चिम प्रदेशमा धुमधामसँग गौरा पर्व मनाइयो

32e35014-5ded-4ed4-8d81-12e06dd3af67

दार्चुलाको अपिहिमालमा पहरोले थुिनएको नदी बग्न थाल्यो, १० परिवार सुरक्षित स्थानमा सारिए

bharuwa-banduk-pakrau-1731496378

भरुवा बन्दुक सहित अछामबाट एक जना पक्राउ

b7291e64-5e07-4376-8e10-2fedfe1b962f

बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जना बालिकाको मृत्यु