कानुन सबैलाई समान रुपमा लागु हुनु पर्छ । गल्तीको प्रकृतीहेरी सबैलाई कानुन अनुसारको सजाय हुनु पर्छ । नेता, मन्त्री, प्रधानमन्त्री र पत्रकार जो सुकै हुन कानुन अनुसार सबैले सजाय भोग्नु पर्छ । त्यसका लागी कानुन कार्यान्वयन गर्ने निकाय जिम्मेवार हुन जरुरी छ । न्यायपालीकालाई सवतन्त्र बनाउन जरुरी छ । पह“च र पावरको भरमा कसैलाई उन्मुक्ति दिईनु हु“दैन । पत्रकार कुनै भगवान होईन यही समाजको एउटा नागरिक हो । मान्छे हो ।
मान्छेले गल्ती गर्दा हुने कानुनी सजाय सबैले भोग्नु पर्छ । यो सबैलाई जानकारी भएको विषय हो । पेशागत सुरक्षाका लागी आवाज उठाउनु अधिकारको विषय पनि हो । तर जसरी पछिल्लो समयमा पत्रकारीतामा एक किसिमको संस्कार हावी हुदै गएको छ त्यसलाई सुधार्न जरुरी छ । ठुला मीडियाका सञ्चालकहरुले आफ्नो प्रतिकुलतामा जानेलाई विना कसुर बदनाम गर्ने सिद्धयाउने जुन फोहरी खेल चलेको छ । त्यस्ता मीडियाका सञ्चालकहरुलाई पनि कारबाही हुन जरुरी छ । उनीहरुको अकुत सम्पतीको छानविन हुन जरुरी छ ।
प्रमाण विना लेख्नेहरुलाई कारबाही गर्न आवश्यक छ । कसैको कलमले कसैको मृत्यु हुन्छ भने त्यो हत्या नै हो । त्यस्ता हत्याराहरुलाई कानुनी कारबाही हुन जरुरी छ । डर त्रास र पावरका अगाडी झुकेर तीनीहरुलाई कानुनी कारबाही नहुने हो भने अपराध झनै बढेर जान्छ । अपराध गर्नेहरुको जमात बढ्छ । त्यसैले पत्रकारीताको अबरणमा कसैले कसैको जीवन समाप्त गर्ने कार्य गर्छ भने भोली अन्य कसैले गर्न नसक्ने आ“ट नहुने गरी कानुनी कारबाही गर्न जरुरी छ ।
राष्ट्रबादी पत्रकारहरुले पनि यस्ता पत्रकारहरुलाई बहिस्कार गर्न जरुरी छ । पैसाको लोभमा परी कसैको चरित्र हत्या गर्ने,कसैलाई मर्न बाध्य बनाउने जोकोहीलाई कानुनी दायरामा ल्याउन जरुरी छ । देश हामी सबैको हो, देश रहे हामी रहन्छौ भन्ने कुरा हामी सबैले बुझन आवश्यक छ । देश र जनताको पक्षमा पत्रकारीता गरी सञ्चारको मर्यादा कायम राख्न सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रोत्साहन गर्न जरुरी छ ।
गलत,भ्रामक र कपोकल्पीत समाचार बनाएर ब्याक्तिगत स्वार्थ सिद्ध गर्न कसैको जीवन समाप्त गर्ने सञ्चार माध्यामको दर्ता खारेजी सम्मको कारबाहीको ब्याबश्था गर्न जरुरी छ । अपराध गर्ने जो सुकै भए पनि सजाय पाउन जरुरी छ । गल्ती गर्नेलाई जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्न जरुरी छ । सत्ता र शक्तिको उन्मादमा गल्ति माथी गल्तिी गर्दै जाने तर कानुनी कारबाही नहुने संस्कारको अन्त्य गर्न जरुरी छ ।

