"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका स्थानीय तहको ४ अर्ब ६७ करोड बढि बेरुजु

No data was found

Khabar Raftar

जेठ १७ धनगढी । कैलालीका स्थानीय तहको ४ अर्ब ६७ करोड ०३ लाख ३३ हजार १ सय ३९ रुपैयाँ कुल बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८३ मा आर्थिक वर्ष २०८१÷०८२ सम्म उक्त बेरुजु देखिएको हो । कैलालीमा सबैभन्दा धेरै बेरुजु घोडाघोडी नगरपालिकाको देखिएको छ ।

घोडाघोडीमा कुल बेरुजु ६२ करोड ४ लाख ४० हजार ६ सय ८७ पुगेको छ । २०८०÷०८१ मा ५२ करोड ७१ लाख ७० हजार १ सय ५५ बेरुजु रहेकोमा २०८१÷०८२ मा ४९ लाख ७७ हजार ९ सय ३९ रुपैया बेरुजु फस्र्यौट भएको छ भने ९ करोड ८२ लाख ४८ हजार ४ सय ७१ बेरुजु थपिएको छ । त्यसैगरी लम्कीचुहा नगरपालिकाको कुल बेरुजु ६१ करोड ३ लाख ११ हजार १ सय ४२ पुगेको छ ।

२०८०÷०८१ लम्कीचुहामा कुल बेरुजु ५२ करोड ६४ लाख २९ हजार ७ सय २२ रहेकोमा २०८१÷०८२ मा २० हजार ३ सय १२ रुपैयाँ मात्रै बेरुजु फस्र्यौट हुँदा ८ करोड ३९ लाख १ हजार ७ सय ३२ रुपैयाँ बेरुजु थपिएको छ । गोदावरी नगरपालिकाको कुल बेरुजु ५८ करोड २१ लाख ३९ हजार ८ सय ९७ पुगेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा ३ करोड ८३ लाख ५९ हजार २ सय ८२ बेरुजु थपिएको छ । आर्थिक वर्ष २०८०÷०८१ कुल बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६ सय १५ रहेको थियो । यस वर्ष पनि नगरपालिकाले प्रतिक्रियाबाट आएको बेरुजु फछ्र्यौट गरे पनि अद्यावधिक बेरुजु भने फछ्र्यौट गरेको छैन । त्यसैगरी भजनी नगरपालिकाको बेरुजु ४२ करोड ६७ लाख १४ हजार २ सय २० पुगेको छ ।

२०८०÷०८१ मा भजनीको कुल बेरुजु ३७ करोड ३९ लाख ६१ हजार ८ सय १५ रहेकोमा २०८१÷०८२ मा ७२ हजार १ सय ८७ फस्र्यौट हुँदा ५ करोड २८ लाख २४ हजार ५ सय ९२ रुपैयाँ बेरुजु थपिएको   छ । धनगढी उपमहानगर पालिकाको कुल बेरुजु ३९ करोड ७१ लाख ६२ हजार ३ सय ६ पुगेको छ । २०८०÷०८१ मा धनगढीको कुल बेरुजु ३० करोड ६८ लाख ५७ हजार ६ सय ४९ रहेकोमा २०८१÷०८२ मा ४० लाख ८१ हजार ४ सय ५ फस्र्यौट हुँदा ९ करोड ४३ लाख ८६ हजार ६२ रुपैयाँ बेरुजु थपिएको छ ।

टीकापुर नगरपालिकाको कुल बेरुजु ३९ करोड ४२ लाख ८२ हजार ६ सय ४९ पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ मा टीकापुरको कुल बेरुजु ३४ करोड ५१ लाख ५० हजार २ सय २१ रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ मा ५६ हजार मात्रै बेरुजु फस्र्यौट भएको छ भने उक्त अवधिमा ४ करोड ९१ लाख ८८ हजार ४ सय २८ बेरुजु थपिएको छ ।

मोहन्याल गाउँपालिकाको बेरुजु ३६ करोड ३१ लाख ९० हजार १ सय १५ पुगेको छ । २०८०÷०८१ मा मोहन्यालको बेरुजु २७ करोड ९३ लाख १३ हजार ६ सय ५२ रहेकोमा २०८१÷०८२ मा बेरुजु फस्र्यौट नहुँदा ६ करोड ३८ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ बेरुजु थपिएको छ । गौरीगंगा नगरपालिकाको बेरुजु ३३ करोड ७५ लाख ३ सय ९५ पुगेको छ ।

२०८०÷०८१ मा गौरीगंगाको कुल बेरुजु ३३ करोड ३६ लाख तीन हजार ५ सय ३८ रहेकोमा २०८१÷०८२ मा ८९ लाख बेरुजु फस्र्यौट हुँदा १ करोड २७ लाख ९६ हजार ८ सय ५७ रुपैयाँ बेरुजु थपिएको छ । जानकी गाउँपालिकाको बेरुजु २२ करोड ६२ लाख ३५ हजार ५ सय ३ पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा जानकीको कुल बेरुजु २१ करोड ३० लाख ५५ हजार ५ सय ६३ रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ मा अद्यावधिक बेरुजु फस्र्यौट भएको छैन भने १ करोड ३१ लाख ७९ हजार ९ सय ४० रुपैयाँ बेरुजु थपिएको छ ।

बर्दगोरिया गाउँपालिकाको बेरुजु २० करोड ६३ लाख ८३ हजार ९ सय ९२ पुगेको छ । २०८०÷०८१ मा बर्दगोरियाको कुल बेरुजु १८ करोड ४२ लाख ५० हजार २ सय ८२ रहेकोमा २०८१÷०८२ मा ४ लाख २ हजार बेरुजु फस्र्यौट हुँदा २ करोड २५ लाख ३५ हजार ७ सय १० रुपैयाँ बेरुजु थपिएको छ । चुरे गाउँपालिकाको बेरुजु १८ करोड ८० लाख ४९ हजार २ सय १२ पुगेको छ ।

२०८०÷८१ मा चुरेको कुल बेरुजु १६ करोड ७१ लाख चार हजार ९ सय ३० रहेकोमा २०८१÷०८२ मा बेरुजु फस्र्यौट भएको छैन भने २ करोड ९ लाख ४४ हजार २ सय ८२ बेरुजु थपिएको छ । कैलारी गाउँपालिकाको २०८०÷०८१ मा १८ करोड ३ लाख २४ हजार ५ सय ७९ बेरुजु रहेको थियो । कैलारीको २०८१÷०८२ को प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

जोशीपुर गाउँपालिकाको कुल बेरुजु १३ करोड ७५ लाख ९८ हजार ४ सय ४२ पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा जोशीपुरको कुल बेरुजु १२ करोड ९७ लाख २३ हजार ४ सय ७५ रहेकोमा २०८१÷०८२ मा पुरानो बेरुजु फस्र्यौट भएको छैन भने नयाँ बेरुजु ७८ लाख ७४ हजार ९ सय ६७ थपिएको छ ।पिएको छ ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने