"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चालु आर्थिक वर्षको बजेट खर्च ६३.७६ प्रतिशत मात्रै

No data was found

Khabar Raftar

जेठ १५ धनगढी । चालु आर्थिक वर्ष २०८२÷८३ मा ६३.७६ प्रतिशत मात्र बजेट खर्च भएको छ । कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी रहदा ६३.७६ प्रतिशत मात्र बजेट खर्च भएको हो । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सुदूरपश्मि प्रदेश सरकारले जेठ १५ बिहीबार सम्म लक्ष्यको ६३.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार सम्म कुल बजेट खर्च १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ बराबर भएको छ । जुन लक्ष्यको ६३.७६ प्रतिशत हो । यस अवधिमा चालु खर्च लक्ष्यको ७२.८५ प्रतिशत बराबर भएको छ । जुन ८ खर्ब ६० अर्ब ३१ करोड बराबर भएको छ ।

चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोडको हो । पूँजीगत खर्च लक्ष्यको ३०.१८ प्रतिशत मात्र भएको छ । पूँजीगत खर्च कुल ४ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा खर्च भने १ खर्ब २३ अर्ब रुपैयाँ बराबर मात्र भएको छ । वित्तीय व्यवस्थातर्फको खर्च ७१.६४ प्रतिशत भएको छ । यस अवधिमा २ खर्ब ६८ अर्ब ८४ करोड वित्तीय व्यवस्थामा खर्च भएको तथ्यांक छ ।

विनियोजन भने ३ खर्ब ७५ करोड भएको थियो । सरकारले शुक्रबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक खर्चका संरचनात्मक समस्या जहाँको तही रहँदा लक्ष्य अनुसार राजस्व नउठ्ने र विनियोजन अनुुसार खर्च नहुने प्रवृत्ति हरेक वर्ष दोहोरिएको छ ।

आगामी वर्ष यो समस्या हटाउने प्रतिवद्धता सहित नयाँ बजेट आउने बताइएको छ । राजस्वतर्फ महालेखाले बुधबार सम्मको मात्र यथार्थ विवरण सार्वजनिक गरेको छ । जस अनुसार १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कुल राजस्व र खर्चका बीचमा झण्डै २ खर्बको खाडल रहेको छ ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने