"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलाको डाँडाबाग आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो लुगा वितरण

No data was found

Khabar Raftar

माघ १९ दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर–५ स्थित डाँडाबाग आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई न्यानो जकेट तथा जुत्ता वितरण गरिएको छ ।

बडीमालिका फाउण्डेसन नेपालको समन्वयमा लाइन्स क्लब अफ काठमाडौं सुभारम्भ, बच्चा बचत स्मल सेभिङ ब्राइट फ्युचर तथा आउटडोर कम्पासको आर्थिक सहयोगमा न्यानो लुगा वितरण गरिएको हो ।

बडीमालिका फाउण्डेसनका उपाध्यक्ष पदम सिंहले चिसो मौसमका कारण विद्यार्थीको स्वास्थ्य तथा नियमित पठन पाठनमा असर नपरोस् भन्ने उद्देश्यले विद्यालयमै पुगेर सहयोग सामग्री प्रदान गरिएको जानकारी गराए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरसिंह धामीले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका बालबालिकाका लागि यस प्रकारको सहयोग अत्यन्त आवश्यक रहेको बताए । सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गर्दै उनले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानशिंह धामीले दुर्गम विद्यालयलाई लक्षित गरी गरिएको सहयोग प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रम निरन्तर हुने अपेक्षा गरेको बताए ।

कार्यक्रमका सञ्चालक तथा शिक्षिका कमला धामीले सहयोगका कारण विद्यार्थीहरूमा उत्साह थपिएको बताउँदै यसले बालबालिकालाई विद्यालय प्रति आकर्षित गर्न मद्दत पुग्ने बताईन ।

त्यसैगरी लाइन्स क्लब अफ काठमाडौं सुभारम्भका सदस्य तथा समाजसेवी आर के देवु श्रेष्ठले क्लबले शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर सामाजिक सेवा गर्दै आएको जानकारी गराए ।

श्रेष्ठले २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री वितरण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराए ।

क्लबले प्रत्येक वर्ष कम्तीमा दुई वटा दुर्गम क्षेत्रका सरकारी विद्यालयलाई सहयोग गर्दै आएको बताउदै उनले वर्ष भरी कुनै न कुनै सामाजिक गतिविधिमा संलग्न रहने अभियान क्लबको विशेषता भएकोे बताए ।

कार्यक्रमका सहभागीहरूले कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै सामुदायिक विद्यालय प्रतिको सहयोगी भावना रसामाजिक उत्तरदायित्व बोध गराएको बताएका छन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता