"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका किसानलाई निर्वाचन भन्दा बालीको चिन्ता

No data was found

Khabar Raftar

माघ १५ धनगढी । प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानलाई चुनाव भन्दा पनि कृषिबालीको चिन्ता लागेको छ । छाडा चौपायाका कारण हिउँदेबाली जोगाउन सकश हुन थालेपछि किसानहरूलाई चुनावी भन्दा पनि कृषिबालीको चिन्ता लागेको हो ।

कैलारी गाउँपालिका वडा नम्बर–७ का कृषक राजकुमार चौधरीले नेताका कुरा र भाषण सुन्नु भन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने चिन्ता लागेको बताए । गहुँ, मुसुरो लगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने समयमा छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता लाग्ने गरेको उनले बताए ।

गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको बताउदै उनले चुनाव जितेकाले किसानलाई बेवास्ता गर्ने गरेको बताए । चुनाव भन्दा पनि आफ्नै बाली जोगाउने चिन्ता लागेको उनले बताए । कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडी लगायत तराईका सबै पालिकामा छाडा चौपायाको समस्या छ ।

छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले करोडौँ खर्च गरिसकेका भए पनि समस्या अझै ज्युँका त्युँ छ । दिनभर जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा पुगेर कृषिबालीमा नोक्सान गर्ने गरेको किसानले बताएका छन् ।

बाली जोगाउन रातभर खेतमा जाग्राम बस्ने र दिनभर घरकै काममा व्यस्त रहने गरेका कारण चुनाव प्रति खासै चासो नदिएको कैलारी गाउँपालिका वडा नम्बर–५ का कृषक बाँधुराम डङ्गौराले बताए । उनले रातभरि खेतमा बसेर बाली खान आएका चौपायालाई धपाउने गरेको बताए ।

चुनाव आएका बेला राजनीतिक दल र नेताले छाडा चौपाया समस्या समाधान सहित किसानलाई आवश्यक पर्ने कृषि सामग्री, मलखाद लगायतबारे चिल्ला कुरा गर्ने तर जितेपछि समस्या नहेर्ने गरेको किसानको गुनासो छ ।

कृषिप्रधान देशमा किसान समस्यै समस्याबाट गुज्रिँदै आएको बताउदै उनीहरूले दलका नेता, उम्मेदवारलाई किसानको समस्यालाई चुनावी एजेन्डामा समेट्न आग्रह गरेका छन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता