"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली सन्धिको तीन दशक सम्म पनि मूल नहरमा पानी बग्न सकेन

No data was found

Khabar Raftar

पौष १७ कञ्चनपुर । नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा पानी बग्न सकेको छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनु पर्ने भए पनि तिन दशक वितीसक्दा पनि नहरमा पानी बग्न नसकेको हो ।

सिँचाइका पूर्वाधारहरु तयार भएका भए पनि सम्झौता अनुसार भारतले टनकपुरबाट पानी छोडेका कारण नहरमा पानी बग्न नसकेको हो । दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारती पक्षले वास्ता गरेको छैन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर बनिसकेको क्षेत्रसम्म केही शाखा नहर समेत तयार भइसकेकाले पानी छोड्न माग गर्दै आएको भए पनि भारतले सुनेको छैन ।

राष्ट्रिय गौरवको आयोजना तेस्रो चरणको भौतिक प्रगति दिन प्रदिदिन बढिरेहको भए पनि नहरमा पानी बग्ने विषय अझै अन्र्योलमा रहेको छ । कञ्चनपुर र कैलालीको ३३ हजार ५ सय २० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्य सहित १८ वर्ष अघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशत रहेको छ ।

नौ अर्ब रुपैया लगानी भइसकेको छ । आयोजनाका अनुसार निर्माण कम्पनीसँग एक अर्ब ९७ करोडको सम्झौता गरेर कैलालीको मालाखेती सम्म १९ किलोमिटर मूल नहर चार चरणमा निर्माण भइरहेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका इञ्जीनीयर राजेश पोखरेले सिँचाइका लागि पानी ल्याउन पटक–पटक विभाग मन्त्रालय हँदै पत्राचार गरिएको बताए ।

भारतीय एनएचपीसंग समन्वय गर्दा माथिल्लो निकायबाट आदेश आए पानी छोड्ने सबै संरचना तयार रहेको खबर दिने गरेको बताउदै इञ्जीनीयर पोखरेलले माथिल्लोस्तरबाटै यस विषयमा पहल हुनुपर्ने बताए । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्र सरकारले महाकाली सिँचाइको काम समयमा सम्पन्न गरेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन गम्भीर हुनुपर्ने बताए ।

महाकाली सिँचाइको मूल नहरमा पानी कहिले बग्ने भन्ने विषयमा टुङ्गो नलागेको बताउदै उनले सिँचाइ सुविधाका लागि प्रदेश र स्थानीय सरकारले भूमिगत सिँचाइमा जोड दिइरहनु पर्ने अवस्था रहेको बताए । उनले आफू प्रदेशमन्त्री हुँदा महाकाली सिँचाइ आयोजनाले भूमिगत सिँचाइको बजेट रोक्न प्रदेश सरकारलाई पत्राचार समेत गरेको बताए ।

’आयोजना समयमा हुन सकेन भने विकल्पका रुपमा अन्य उपाय अपनाउनु पर्ने बताउदै उनले गौरवको आयोजना भनेर मात्रै नहुने बताए । सिँचाइ सुविधा पुर्याउन केन्द्रबाट पहल हुनुपर्ने उनले बताए । त्यसैगरी महेन्द्रनगरका समाजसेवी लीलाध्वज बस्नेतले सन्धि गर्दा हतार गरेका कारण अहिले मूल नहरमा पानी ल्याउन नसकिएको बताए । ’बिना अध्ययन सन्धि गर्दा अर्बौ लगानी गरे पनि मूलनहरमा पानी नबग्ने अवस्था आएको उनले बताए ।

यस विषयमा केन्द्रीय सरकारले पहल गर्नुपर्ने बताउदै उनले सन्धिले महाकाली नदीको पानीको उपयोग सम्बन्धमा पक्षहरूको दायित्व, अधिकार एवं कर्तव्यलाई परिभाषित गरेको बताए । कञ्चनपुर र कैलालीको मालाखेती सम्म सिँचाइ पुर्याउने लक्ष्यसहित तेस्रो चरणको निर्माण थालिए पनि किसानले लामो समयदेखि भूमिगत सिँचाइ र आकाशे पानीका भरमाखेती गर्दै आउनु परेको उनले बताए ।

सिँचाइको मूल नहर घर आँगनमै पुगेपनि पानी कहिले पुग्ने भन्ने टुङ्गो नलागेको उनले बताए । बेदकोट नगरपालिकाका किसान भीम चौधरीले सिँचाइ सुविधा आउने आशामा वर्षां बितेको बताउदै अझै पानी बग्ने सुरसार नभएको बताए । २०५२ सालमा नेपाल–भारतबीच महाकाली सन्धि गरिएको थियो ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता