"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको सबैभन्दा पुरानो प्रशासनिक भवन भत्कियो

No data was found

Khabar Raftar

असोज ०३ धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीको सबैभन्दा पुरानो प्रशासनिक भवन भत्किएको छ । जिल्ला प्रशासन कार्यालयको राणाकालीन ऐतिहासिक भवन जेन्जी आन्दोलनकारीहरुले आगो लगाए पछि भत्किएको हो ।

राणाकालीन समयमा निर्माण गरिएको भवनमा जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी गर पछि भवन पूर्ण रूपमा भत्किएको हो । उक्त भवनबाट जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवा दिँदै आएको थियो । यसअघि प्रशासनले आफ्नो सेवा पूर्ण रूपमा यही ऐतिहासिक भवनबाट दिदै आएको भए पनि नयाँ भवन निर्माणपछि पुरानो भवनबाट राष्ट्रिय परिचय पत्रको काम मात्रै हुने गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय परिसरमा भवन भग्नावशेष रुपमा मात्रै रहेको छ । आगजनीबाट कैलालीको एउटा महत्वपूर्ण सम्पदा ध्वस्त भएको छ । स्थानीय प्रभाकर भण्डारीले महत्वपूर्ण सम्पदा खरानी भएको बताउदै आन्दोलनकारीले कैलालीको इतिहास जलाएको बताए । राणा शाषनका बेला कैलाली र कञ्चनपुरको गोश्वारा (प्रशासनिक केन्द्र) कञ्चनपुरको बेलौरीमा रहेको बताइन्छ ।

पछि विक्रम संवत् १९९७ मा त्यो गोश्वारा धनगढी सारिएको थियो । त्यसता धनगढीमा गोश्वारा, अञ्चलाधीशको कार्यालय, कारागार, वन विभाग र मालअड्डा गरी पाँच वटा कार्यालय मात्रै पक्की घरमा रहेको धनगढीको विकासका साक्षी स्वर्गीय शिवदत्त जोशीले लेख्नुभएको ‘उहिलेको धनगढी’ भन्ने लेखमा उल्लेख गरिएको छ ।

त्यसताकाको गोश्वारा पछि जिल्ला प्रशासन कार्यालयमा परिणत भएको बताइन्छ । पूर्ण रूपमा नष्ट भएको भवनको अभिलेख नभएका कारण कहिले बनेको हो भन्ने यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । भवन पुनर्निर्माण गर्ने वा के गर्ने भन्ने विषयमा कुनै निर्देशन नआएको उनले जानकारी गराए । भवनको अभिलेख खोजिरहेको समेत जोशीले जानकारी गराए ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता