साउन १५ अछाम । अछाम्मा पहिलो पटक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सङ्गीता ताम्राकार भएकी छिन । सामान्य प्रशासन मन्त्रालयले अछामको मेल्लेख गाउँपालिकामा ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि उनी पहिलो प्रमुख प्रशासकीय अधिकृत भएकी हुन ।
साफँेबगर नगरपालीका वडा नम्बर १ की स्थिायी बासिन्दा ताम्राकार अछाम जिल्लामा पहिलो महिला प्रशासकीय अधिकृत बनेकी छन ।
आर्थिक जिम्मेवारी सहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा ९४० अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयले दिएको हो ।
मन्त्रालयले अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारले बताएकी छिन ।
२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा ताम्राकार सफल भएकी थिइन । प्रशासनतर्फ स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ सालबाट मेल्लेखमा ताम्राकारले सेवा गर्दै आएकी छिन ।
उनले बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माध्यामकि विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छिन । कक्षा १२ मा व्यवस्थापन पछि स्नातकोत्तर तहमा उनले शिक्षाशास्त्र संकाय अध्ययन गरेकी हुन ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेमा ताम्राकार सम्भत ः पहिलो महिला हुन् । यसअघि मन्त्रालयबाटै प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई जिम्मवारी नदिएको पाइएको छ ।


