असार २५ धनगढी । विश्व रामसार क्षेत्रमा सूचीकृत प्रसिद्ध कैलालीको घोडाघोडी तालमा सुरु ग रिएको हरिहाँसको गणना जारी रहेको छ । घोडाघोडीको सूचक प्रजाति रहेका हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले डिभिजन वन कार्यालय पहलमानपुरसँगको समन्वयमा नेपाल पंक्षी संरक्षण सङ्घ (बिसिएन)ले गरिरहेको हरिहाँसको गणना जारी रहेको हो ।
तालमा गर्मी सिजन र जाडो याममा गरेर हरेक वर्ष दुई पटक हरिहाँसको गणना गरिने गरिएको छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिने चराविद् हिरुलाल डङ्गौराले जानकारी गथराए । उनले यो बेला हरिहाँसको ब्रिडिङ सिजन रहेकाले जाडो यामको भन्दा कम देखिने गरेको बताए ।
गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेको उनले बताए । भजनी नगरपालिका वडा नम्बर–९स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा समेत हरिहाँसले ब्रिडिङ गरेको पाइएको उनले बताए ।
त्यसैगरी, घोडाघोडी नगरपालिका वडा नम्बर–१२ को गुरही र वडा २ को जोकाहा तालमा पनि हरिहाँसले ब्रिडिङ गर्ने गरेको उनले बताए । जाडो याममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गरेको डङ्गौराले बताए ।
प्राकृतिक वासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको उनले बताए । घोडाघोडीमा २००९ देखि हरेक वर्ष नियमित हरिहाँसको गणना भइरहेको उनले जानकारी गराए । २००९ मा १ सय ५५ हरिहाँसको अभिलेख गरिएको बताउदै उनले २०२३ मा २ सय २१ र २०२४ मा २ सय २५ हरिहाँसको अभिलेख गरिएको बताए ।


