"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

युवाहरु भारत पस्न थालेपछि बाजुराका गाउँ बस्ति सुनसान

No data was found

Khabar Raftar

मंसिर १२ बाजुरा । युवाहरु भारत पस्न थालेपछि बाजुराका गाउँ बस्ति सुनसान बन्न थालेका छन । गाउँमा जीविका चलाउन समस्या भएपछि युवाहरु कमाउन भारत पस्न थालेकाले गाउँ बस्ति सुनसान बन्न थालेका हुन । बाजुराको खप्तड छेडदह गाउँपालिका वडा नम्बर १ का अधिकांस घरहरुमा ताला लगाईएको छ । निकै सुन्दर गाउँ रानकाँडाका युवाहरु भारत पसेकाले घरमा ताला लगाईएको हो । गहुँ र जौ बालीले खेत हरीयाली देखिए पनि युवाहरु नभएकाले सुनसान देखिने गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ का अधिकांश घरमा ताल्चा झुन्डिएका छन । मूल ढोका खुला देखिएका घरमा पनि ज्येष्ठ नागरिक र साना साना बालबालिकाहरु मात्र देखिने गरेका छन । घरमा ताल्चा लगाएर अधिकांस परिवार सहित भारत गएका छन । गाउँमा आम्दानीको स्रोत केही नभए पछि गाउँलेहरु घर खाली गरेर मज्दुरी गर्न भारत जानुपर्ने बाध्यता रहेको छ ।

खप्तड छेडेदह गाउँपालिका स्थानिय दान बहादुर रोकायाले अधिकांस नागरिकहरु भारत गएकाले गाउँको खेतीपाती लगायतको कामको बोझ ज्येष्ठ नागरिको काधमा आएको बताए । घरमा एक्लै हुनेहरुलाई घर व्यवहार धान्न र वस्तुभाउ स्याहार्न समस्या हुने गरेको उनले बताए । भारतको कालापहाडमा कमाउन जाने चलन पुरानै भए पनि पछिल्ला केही वर्षदेखि घरै रित्तो बनाएर पलायन हुँदा गाउँ सुनसान बन्न थालेको उनले बताए ।

खप्तड छेडेदह गाउँपालिका लगायत बाजुरा जिल्लाका सबैजसो गाउँको कथा रानकाँडा गाउँको भन्दा फरक नभएको उनले बताए । बाजुरामा हिउँदे बाली लगाएर सकिए पछि युवाहरु सबै रोजगारीका लागि भारत जाने गरेकाले गाउँबस्ती खाली हुँदै गएको उनले बताए । गाउँमा अहिले बुढापाका र बालबालिका बाहेक युवाहरु नभएको उनले बताए ।

गाउँमा रोजगारी नपाइने भएकाले तन्नेरी देखि ६० वर्ष सम्मका सबै भारतमा मजदुरीका लागि गएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष भक्त बहादुर बुढाले बताए । गाउँमा रोजगारी नभएको बताउदै उनले योजनाहरुको पालिकाले टेण्डर गरेर ठेक्कामा दिने र ठेकेदारले आफ्ना कामदर लगाउने भएकाले पनि बेरोजगार युवाहरु भारत जानथालेको वडा अध्यक्ष बुढाले    बताए ।

गाउमै बसेर केही व्यवसाय गर्नलाई आयस्रोत नभएकाले विदेसिन बाध्य भएका युवाहरु दसैँ तिहार र असारमा घर फर्किने गरेकाले केही दिन गाउँ बस्ती युवाले भरीभराउ हुने गरेको उनले बताए । त्यसपछि सबै युवाहरु कामको खोजीमा भारतमा जाने गरेकाले अरू महिना सधैँ गाउँ खाली हुने गरेको वडाअध्यक्ष बुढाले बताए । प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रम लागु भएको धेरै भए पनि स्थानिय तहका जनप्रतिनिधीका कारण सर्बसाधरणको पहुँच रोजगार मुलक कार्यक्रम पनि पुग्न नसकेको युवाहरुले बताउने गरेका छन ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का कलक रावतले गरिवहरुको पहुँच नभएका कारण स्थानिय तहले रोजगार नदिदा बाध्य भएर चौकीदारी गर्न भारत जान लागेको बताए । रावत जस्तै बाजुराका अधिकांस युवाहरुले भारतको बाटो तय गरिसकेका छन भने केही युवाहरु गन्तब्यमा पुगेर काम गर्न थालिसकेका छन । बाजुराका नौ वटै स्थानिय तहका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् ।

कामका लागि भारत जाने कार्य पहिले भन्दा अहिले बढ्दै गएको छ । राणा काल देखी प्रजातन्त्र, लोकतन्त्र हुदै अहिले संघिय गणतन्त्रमा देश गईसक्दा पनि अझै विदेसिनेक्रम रोकिएको छैन । देशमो ३ तहका सरकार भए पनि युवाहरुलाई रोजगारको शुन्शिचितता गर्न नसकिएको स्थानीय मदन जोशीले बताए ।

बाजुराको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवाहरु प्रत्येक वर्ष कामको खोजीमा भारत जाने गरेको जोशीले बताए । सुदूरपश्चिमेलीहरू अहिले मात्रै नभई बाह्रैमहिना कामको खोजीमा भारत जाने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका ७ वडा पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा रोजगार नपाउदा भारतमा निर्भर हुदै आएका छन् । नेपाल सरकारका आधिकारीक निकायले कति संख्यामा रोजगारीका लागि नेपाली नागरिक भारत जान्छन् भन्ने यकीन तथ्याङ्क समेत छैन । गाउँ नै रित्तिने अवस्था आउँदा पनि त्यसलाई रोक्न सरकारको ध्यान गएको देखिदैन ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता