"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा, १० लाख सम्मको लगानी दिइने

No data was found

Khabar Raftar

साउन १७ धनगढी । युवाहरुलाई उद्यमशील बनाउँने र उनीहरुको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्य सहित धनगढीको एसपीए कलेजले एसपीए स्टार्टअप फन्डको घोषणा गरेको छ । नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य सहित कलेजले १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो । नविन सोच, योजना, सपना र आइडियाहरुलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने फन्डका संयोजक मनोज भट्टले बताए । एसपीए कलेजमा अध्ययनरत् कुनैपनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउँन फन्डमा आवेदन दिन सक्ने उनले बताए ।

आवेदन दिएका मध्ये कुनै एक प्रस्तावले आवश्यकता अनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरुले रकम पाउन सक्ने उनले जानकारी गराए । विकसित र विकासोन्मुख देशबीचको यो खाडललाई पुर्न नवप्रवर्तनलाई महत्व दिनु आजको आवश्यकता भएको कोषका संयोजक भट्टले बताए । युवाहरु हरेक कुरा नयाँ ढंगबाट प्रस्तुत गर्न अग्रसर हुने बताउदै उनले नवीनता र नयाँपनलाई दिनसक्ने सोच बोक्ने बताए । यस्ता सोच भएका युवाहरुलाई अगाडि बढाउँन साथ, हौसला र प्रेरणा मिलोस भन्ने उदेश्यले स्टार्टअप फन्डको घोषणा गरेको उनले बताए ।

स्टार्टअपका लागि आगामी भदौं २५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेलमा प्रस्तावना पठाउँन सकिने उनले बताए । कुनै नयाँ विकास वा आविष्कारका लागि पनि फन्ड उपलब्ध हुने उनले जानकारी गराए । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए । सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज भएको उनले जानकारी गराए ।

एसपीए कलेजले युवाहरुको क्षमतालाई प्रोत्साहन गर्न पहिलेबाट नै लगानी गर्दै आएको बताउदै उनले यसअघि एसपीएमा अध्ययनरत् विद्यार्थीहरुले विभिन्न आविष्कार र विकास गरेको बताए । एसपीएका विद्यार्थी सागर खनालले एसपीए इभी मोडल वान कार बनाएको र सोहन कैनीले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेको उनले बताए । यस्तै इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ५ गेटाका पारस साउँदलाई सम्मान गर्नुकासाथै कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको उनले बताए ।

साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ । त्यसबाहेक एसपीएका बीआईएम अध्ययनरत् विद्यार्थीहरुले सस्तो किताब डटकम, स्मार्ट डस्टबिन, स्मार्ट होम, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, स्मार्ट सेन्सर लगायत उपकरणहरुको विकास गरेको उनले बताए ।
स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजले पछिल्लो समय हासिल गरेका उपलब्धिहरु लोभलाग्दा छन् । लगातार तेस्रोपल्ट देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाउनु, विद्यार्थीहरु त्रिवि, सुदूरपश्चिम टप निस्किनु, भौतिक संरचनामा भएको कायापलट, आइटीमा आधारित शिक्षा, अतिरिक्त क्रियाकलाप, पेड इन्टर्नसिप र विद्यार्थीलाई अवसर दिने मामलामा एसपीए अरु कलेज भन्दा धेरै अगाडि पुगिसकेको संयोजक भट्टले बताए ।

विद्यार्थीलाई अवसर दिने मामलामा पनि एसपीए अघि भएको उनले बताए । कलेजले सुरु गरेको पढ्दापढ्दै रोजगारी कार्यक्रम अन्तर्गत कलेजमै आई विभिन्न कम्पनी र व्यवसायिक प्रतिष्ठानहरुले विद्यार्थीहरुलाई रोजगारी दिइरहेको उनले बताए । विद्यार्थीहरु पेड इन्टर्नसिपमा अमेरिका, बहराईन, शारजहा, थाइल्याण्ड, दुबई, कतार, माल्दिभ्स, भुटान, भारत तथा नेपालकै विभिन्न तारे होटलहरु र व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत भएको उनले बताए । विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यका साथ नबिल बैंकसँगको सहकार्यमा बिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप, नबिल एसएसई कार्यक्रम लागु गरिएको उनले     बताए । फन्डमा आवेदन दिएका वा छनौट भएका विद्यार्थीहरुलाई उक्त कार्यक्रममा राख्दै उद्यमशीलताको प्रशिक्षण समेत दिइने भएको उनले बताउका छन ।

कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा रेहेको बताउदै उनले विश्वबजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने, विभिन्न देशका कलेजहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अब्ब बनाउँन विभिन्न १५ वटा क्लबहरु गठन गर्नु, सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम, निःशुल्क डेडिकेटेड कर्पोरेट वाइफाई जोन, मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप, सेमिनार हल, आधुनिक ल्याब, लाइब्रेरीले एसपीए कलेजलाई यस क्षेत्रमा विशिष्ट पहिचान दिएको उनले जानकारी गराए ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता