"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

११ महिनामा विमानस्थलबाट समातियो ५ सय ८६ किलो सुन

No data was found

Khabar Raftar

साउन ०५ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गत आर्थिक वर्षको ११ महिनामा मात्रै ५ सय ८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिइएको छ । विभिन्न देशबाट आयात गरी भन्सार तिराइएका, बरामद गरिएका, मुद्दा चलाइएका र अनुसन्धानको क्रममा रहेका सबै सुनको तौल गर्दा ५ सय ८६ किलो भन्दा बढी भएको पाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख उपसचिव नारद गौतमले नियन्त्रणमा आएको ५ सय ८६ किलो सुनमध्ये करिब ३८ किलो सुन मुद्दा र जफत प्रक्रियामा रहेको बताए । कार्यालयका अनुसार विमानस्थल भन्सारले गत आर्थिक वर्षको साउन १ गतेदेखि जेठ महिनाको अन्तिम सम्ममा भरिया मार्फत ल्याएको र मात्रा भन्दा बढी ल्याएको ५ सय ४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ ।

निमित्त कार्यालय प्रमुख गौतमका अनुसार कुल ५ सय ४१ किलोग्राम सुन नियन्त्रणमा लिएकामा कानुन बमोजिम ल्याउन पाउनेको हकमा राजश्व तिराउँदा ५३ करोड ८० लाख रुपैयाँ राजश्व संकलन भएको छ । गौतमका अनुसार मुख्यतः दुबई, कतार लगायतका देशबाट आउने व्यक्तिहरूले काम गरेर फर्किदा ल्याउने भन्सार छुट हुने बाहेकका सुन ल्याउँदा नियमानुसार लाग्ने राजश्व लिई उक्त परिमाणको सुन जाँचपास गरिएको हो । कतिपयले भरिया बनाएर पनि सुनको तस्करी गरेको भए पनि त्यसको पूर्ण पुष्टि हुन नसक्ने भएकाले कहिलेकाहिँ त्यस्तो सुन पनि राजश्व लिएर छाडिएको हुनसक्ने गौतमले बताए । दुबईमा २ वर्ष काम गरेर आएको छ भने उसले नियमानुसार ल्याउन पाउने सुनमा भन्सार छुट हुन्छ ।

नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा गई ५ महिना भन्दा बढी समय काम गरेर फर्किएका पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार छुट पाइन्छ । त्यस्तै महिला हो भने ५० ग्रामसम्मको सुनका गहना ल्याउँदा भन्सार छुट हुन्छ उनले भने । तर सुनको गहना भनेपनि रसायन नमिसाएको बेरुवा औँठी, बाला, सिक्री जस्ता गहनाका आकार दिइएका सुनका गहनाहरूमा भने भन्सार छुट नदिने व्यवस्था रहेको उनले बताए । त्यसैगरी विदेशमा काम गरी फर्किएका वा आम्दानीको श्रोत देखाएर खरिद गरी ल्याइएका ५० ग्रामसम्मको सुनलाई १५ प्रतिशत भन्सार महसुल तिरेर ल्याउन सकिने छ ।

५० ग्रामभन्दा बढी एकसय ग्रामसम्म सुन ल्याउनेलाई थप ३ प्रतिशत अर्थात् १८ प्रतिशत महसुल लिएर भन्सार छुटाउन सकिने व्यवस्था छ । १ सय ग्राम भन्दा बढी सुन ल्याएको अवस्थामा भने उक्त सुन जफत हुने कानुनी व्यवस्था छ । यही कानुनको आधारमा एक सय ग्राम सम्म सुन ल्याउने व्यक्तिहरूबाट विमानस्थल भन्सार कार्यालयले ११ महिनाको अवधिमा ५३ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गरेको विमानस्थल भन्सार कार्यालयको भनाइ छ ।

पहिले सुन ल्याउँदा भन्सार महसुल १० प्रतिशत रहेकामा अहिले १५ प्रतिशत बनाइएको छ । त्यसैगरी गत आर्थिक वर्षको ११ महिनाको अवधि अर्थात् २०७९ साउन १ गतेदेखि २०८० जेठ महिनाको अन्तिम सम्ममा नेपाल राष्ट्र बैक र अन्य इजाजत प्राप्त संस्थाले कुल २ हजार ९ सय १६ किलोग्राम सुन किनेको पाइएको छ । विभिन्न निकायले किनेर ल्याएको उक्त परिमाणको सुनको मूल्य २२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । असार महिनामा खरिद गरेको सुनको परिमाण र मूल्य भने अझै यकिन भइसकेको छैन ।

त्यसैगरी भन्सार कार्यालयले विभिन्न देशबाट आएका यात्रुले ल्याएको एकसय ग्राम भन्दा बढी सुन र भन्सार छली वा तस्करी गरी ल्याएको सुनको भन्सारकै इजलासमा सुनुवाइ र फैसला हुँदा ७ किलो ४ सय ग्राम जफत हुने फैसला भएको छ । भन्सार कार्यालयले गरेको सुनुवाइपछि ४३ वटा मुद्दामा फैसला हुँदा ७ किलो ४ सय ग्राम सुन जफत भई नेपाल राष्ट्र बैकलाई विक्री गरी विक्री भएको रकम सरकारको राजश्व खातामा दाखिला भएको बताईएको छ । उक्त मुद्दामा सुनको तत्कालीन समयको मूल्य अनुसार नै धरौटी लिने समेत गरिएकाले फैसला हुँदा जफत हुने फैसला भएमा धरौटी समेत जफत हुने हुँदा उक्त रकम पनि जमानत जफत भई राजश्वमा दाखिला हुने गरेको बर्ताईएको छ ।

त्यसैगरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार कार्यालयले अदालतमा मुद्दाको क्रममा रहेका ८ किलो १ सय ग्राम सुन अदालतमा पेस गरेको छ । यात्रु वा कार्यालयका तर्फबाट दायर भएको सुनमध्ये पछि असन्तुष्टि वा दाबी विरोध भएका सुनमध्ये ८ किलो १ सय ग्राम सुनबारे फैसला हुन बाँकी रहेको र जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको निमित्त कार्यालय प्रमुख नारद गौतमले बताए । उनले भन्सार कार्यालयले नियन्त्रणमा लिइएका १९ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को जिम्मामा दिएको बताए ।

सुन तस्करीमा संलग्नहरूको खोजी, अतिरिक्त अनुसन्धान र कारबाही चलाउनु पर्ने भएकाले उक्त परिमाणको सुन थप अनुसन्धान र अभियोजनका लागि ब्युरोको जिम्मा लगाइएको उनले बताए । यसरी ११ महिनाको अवधिमा मात्रै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कुल ५ सय ८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिई ५ सय ४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ भने अन्य सुनको हकमा नियन्त्रणमा लिई मुद्दा प्रक्रियामा रहेको छ ।

अहिले पनि औसतमा दैनिक २ किलोग्राम सुन यात्रुहरूले राजश्व तिरेर लैजाने गरेको गौतमले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक ६ हजार यात्रुको आवागमन हुने गरेको छ । ६ हजार यात्रुमध्ये करिब एक हजार विदेशी र ५ हजार यात्रु नेपाली रहने गरेका छन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता