"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमाञ्चल साहित्य समाजले धनगढीमा आयोजना गरेको विश्व नेपाली नारी साहित्य महोत्सव शुरु

No data was found

Khabar Raftar

चैत्र १० धनगढी । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको छ । सुदूरपश्चिम साहित्य समाजको आयोजनामा शुक्रबार दिउँसो १२ बजे सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन । शुक्रबार सुरु भएको महोत्सव १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवको उद्घाटन पछि मन्त्य राख्दै मुख्यमन्त्री कमल बहादूर शाहले देशभरी तथा अन्य देशका साहित्यकार सहितको उपस्थिती रहेको विश्व नारी साहित्य महोत्सवले सुदूरपश्चिमको कला संस्कृतीको संरक्षण संगै सम्भावनाको पहिचान गर्ने बताए ।

मुख्यमन्त्री शाहले साहित्यिक क्षेत्रबाट गर्न सकिने कामका लागी सँधै साहित्यकारसगं सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । साहित्यका क्षेत्रबाट सुदूरपश्चिम प्रदेशको संस्कृतीको पहिचानसंगै जगेर्ना हुने बताउदै मुख्य मन्त्री शाहले सम्भावना बारे नेतृत्व तहको ध्यानाकर्षण हुने बताए । मुख्य मन्त्री शाहले यस्ता सम्मेलन र महोत्सवबाट पहिचान हुने सम्भावनाको अध्ययन गरी संरक्षण र प्रबद्र्धनमा नेतृत्वले ध्यान दिन सके परिवर्तन चाँडै आउने     बताए । त्यसैगरी नेकपा एमालेका नेता तथा माननीय कर्ण थापाले कला संस्कृती र पहिचान कसैले गुमाउन नहुने बताउदै यसता मेला महोत्सबले संरक्षण गर्ने बताए । उनले साहित्यका माध्यामबाट परिबर्त छिटो हुने बताउदै हरेक देश परिबर्तनका आन्दोलनहरुमा कला संस्कृती र साहित्यको महत्वपूर्ण भूमीका रहेको बताए ।

उनले यस्ता कार्यक्रमहरु गरेर सुदूरपश्चिमलाई विश्वभर चिनाउने काम गरेकोमा सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई धनयबाद ज्ञापन गरे । सुदूरपश्चिमको कला संस्कृती र यहाँको पछौटेपनलाई उजागर गर्ने उद्देश्यले धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवमा सुदूरपश्चिमको कला झल्किने झाँकी प्रस्तुत गरिएका छन्, भने ४ दिन यहाँका सम्भावना लगायतका बिषयमा समेत सम्वाद र बहस समेत हुने छ । नेपाली भाषाको उद्गमस्थलका रुपमा चिनिने सुदूरपश्चिमको कला संस्कृती र यहाँको पछौटेपनलाई उजागर गर्ने उद्देश्यले धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको महोत्सव संयोजक यज्ञराज उपाध्यायले बताए ।

सुदूरपश्चिमको इतिहाँस र यहाँको कला संस्कृतीबारे श्रस्टाहरुका कलम चलुन भन्ने हेतुले देश तथा बिदेशका श्रस्टाहरुलाई यस महोत्सवमा निम्त्याइएको उनले भने । ४ दिनसम्म चल्ने महोत्सवमा बिभिन्न बिषयमा सम्बाद समेत हुने जनाइएको छ । महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने छ ।

महोत्सवमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा लगायतको सहभागीता रहेको छ । समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिएको छ । साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिएको हो ।

उनि संगै अन्य बिभिन्न ब्यक्तीहरुलाइ पनि बिभिन्न बिधामा सम्मान गरिएको छ । साहित्य महोत्सवले सुदूरपश्चिमको कला संस्कृती बिश्वसामु चिनिने अपेक्षा राखिएको छ । यहाँको संस्कृती बारे मात्रै नभई यहाँको गरिबी, पछौटेपनका बिषयमा पनि बहस हुने आयोजकले बताएको छ । साहित्यका माध्यमबाट संस्कृतीको पहिचन संगै समस्या र सम्भावनाको उजागर हुने अपेक्षा लिइएको छ ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहेको साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए । महोत्सवको सञ्चालन समाजका महासचिव गणेश नेपालीले गर्नु भएको थियो ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता