"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजना गरिएको विश्व नेपाली नारी साहित्य महोत्सवको तयारी पूरा

No data was found

Khabar Raftar

चैत्र ८ धनगढी । यही चैत्र १० देखि धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको तयारी पूरा भएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेले विश्व नेपाली नारी साहित्य महोत्सवको तयारी पूरा भएको जानकारी गराएका हुन । नेपाली भाषा,नेपाली जाती,नेपाली पहिचान,विश्वलाई जोड्ने कला संस्कृती हो हाम्रो स्वाभिमान भन्ने मुल नारका साथ आयोजना गरिएको विश्व नेपाली नारी साहित्य महोत्सवको नेपाल सरकारका प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष पाण्डेले पाहुनाहरु आउनेक्रम जारी रहेको बताउदै उद्घाटनका दिन विहान सम्म सबै पाहुनाहरु धनगढी आईसक्ने जानकारी गराए ।  सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत्र १० देखि १३ गतेसम्म चार दिन हुने विश्व नेपाली नारी साहित्य महोत्सबमा अमेरीका, बर्मा, म्यनमार र भारतका विभिन्न राज्यबाट स्रस्टाहरु आउने जानकारी गराउदै साहित्य समाजका अध्यक्ष पाण्डेयले विश्व नेपाली नारी साहित्य महोत्सवमा देश विदेशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी गराए ।

उनले साहित्य महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने जानकारी गराए । त्यसैगरी महोत्सवमा पोखराबाट विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, माईती नेपालका संस्थापक समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अमेरीकाबाट अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, सहभागी हुने जानकारी गराए ।

त्यसैगरी भारतको देहरादुनबाट ज्योती उप्रेती र निमा उप्रेती, बर्माबाट भिम पाण्डे,सरगम धिताललाई आमन्त्रण गरिएको जानकारी गराए । त्यसैगरी ईन्द्रेणीबाट कृष्ण कँडेलको टीम पनि विश्व नारी साहित्य महोत्सवमा आउने जानकारी गराए । त्यसैगरी साहित्य समाजका पूर्ब अध्यक्ष तथा मदन पुरुषकार विजेता रामलाल जोशीले ०७४ सालमा देश दर्शनमा गए पछि विश्व साहित्य महोत्सव गर्ने सोच पलायको जानकारी गराए । उनले नेपाली भाषा साहित्यको माउथलो काली कर्णालीमा भएकाले सुदूरपश्चिममा साहित्यीक कार्यक्रम गर्नु पर्छ भन्ने सुझाब आए पछि महोत्सव गर्ने सहास भएको बताए । साहित्यको मूलधारमा स्रष्टाहरुलाई जोड्दै यहाँका सम्भाब्यताहरु उजागर गरी बौद्धीक थलmोका रुपमा विकास गर्न विश्व नेपाली नारी साहित्य महोत्सवले महत्वपूर्ण भूम्ीका निर्बाह गर्ने बताए ।

उनले साहित्य समाजले गदै आएको कार्यले प्रदेश सरकारलाई सरकारले गर्नु पर्छ भन्ने भाव पलाएकाले २० लाख बजेट छुट्ट्याएको जानकारी गराए । त्यसैगरी महोत्सव मूल आयोजक समितिका संयोजक वरिष्ठ लोक गायक यज्ञराज उपाध्यायले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उनले २०५१ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल साहित्य समाजले भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न पहिलोपटक २०७६ सालमा विश्व नेपाली साहित्य महोत्वको आयोजना गरिएको जानकारी गराउदै २०७८ सालमा नेपाली साहित्य महोत्सव आयोजना गरिएको जानकारी गराए ।

उनले दोस्रोपटक कोरोनाका कारण विश्व जोड्न नसकिएको बताउदै तेस्रो पटक विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गरिएको जानकारी    गराए । अतिथिहरूलाई यहाँका विशेष पहिचान बोकेका झाँकी र कला, संस्कृति देखाउने जानकारी गराउदै उनले विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकारहरूले संस्कृतिलाई बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले कला, संस्कृति, राजनीतिक परिवेस लगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि गरिने जानकारी गराए । महोत्सब आयोजनाका लागि १ करोड ३० लाखको अनुमानीत लागत तयार गरिएको भए पनि ४० लाख रुपैयामा झारीएको उनले जानकारी गराए ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता