"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सत्ताका सिकारी

No data was found

Khabar Raftar

पदम बहादुर साउँद । सत्ता यानिकी संघिय लोकतान्त्रीक, गणतन्त्रात्मक मुलुकको सबैभन्दा शक्तिशाली ठाँउ जहाँ पुग्ने हर कसैको लक्षय हुन्छ चाहे त्यो रास्ट्रपतीको स्थान होस या वार्ड अध्यक्ष । सिकारीको मतलब जस्तोसुकै विधी प्रयोग गरेर अर्थात ठगी, छली,गैरकानुनी बाटो अवलम्बन गरी केही समयकालागी भएपनि सरकार चलाउने इच्छा राख्ने व्यक्ती हुन जसका कारण नेपाल आमाको गरीमा निरन्तर समाप्त भईराखेको   छ । नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो । \

यहाँ सांस्कृतीक बिविधतता जस्तै राजनितीक बिविधतता रहेको छ । सांस्कृतीक बिविभताकै कारण जसरी अनेक चाडपर्वहरुले सद्दभाव कायम गरेको छ । त्यसरी नै वर्तमान संबिधानको व्यवस्था अनुरुप राजनितीक संगठनले पनी पाचँ, पाचँ बर्षमा चाडर्पवलिएर आउने गर्दछन । उक्त चाडपर्व मध्येको एक चाडपर्व वैशाख ३० गते सम्पन्न भइसकेको छ भने अर्काे चाडकोे पालो अब मंसिर ४ गते रहेको छ । हुनत नेपालमा सदियौ देखी बिभिन्न संर्घषहरु भए लाखौ जनताको वलिदानी पश्चात देश आज यो अवश्थामा आईपुग्यो ।

जनता राणशासनका विरुद्द लडे, पञ्चायतका विरुद्द लडे, अन्तयमा राजाका विरुद्द पनि लडे र यो व्यवस्था ल्याए । क्रान्तिको सुरुवात भएको समय २००७ सालदेखी कतीपय रास्ट्रभक्त जननेता पनि रास्ट्रले पायो कतीपय जनप्रिय नेता गुमाउनु पनी परयो । खैर जेभए पनि त्यो देश र समयको माग तेही नै थियो । उक्त समयमा देश र जनताका लागी संर्घषगरेको मुहारहरुले श्रेय पाउनु उपयुक्तनै हो तर संर्घषगरेकै कारण उच्चपदमा मात्रै रहन खोज्ने सत्तासिन भइरहने कृर्षीमै मर्न खोज्ने जुन प्रवृती मौलायो फलस्वरुप देशले सेवक हैनकी शोसक मात्र पायो ।

क्रान्तीका लागी जेल बसेभनेर मैले स्थान पाउनुर्पछ बिना योग्यतानै ८,९ कक्षा पढेकालाई सरकारको बागडोर थमाउनाले चप्पल लगाएर हिन्ने मान्छेलाइ छालाको जुत्ता र महंगो गाडी पाउनासााथ जुन पैसा र पावरको नसा लाग्यो साोही आदतका कारण आज देशमा यस्तो अवस्था सिर्जना हुन पुग्यो । भ्रस्टाचार यती मौलायोकी भ्रस्ट क्रर्मचारीलाई भ्रस्टाचार गर्न रोक्न गएका जनप्रतीनीधीहरुनै तिनै क्रर्मचारीसगँ मिलेर जनताको रगत चुस्नेकाम मात्रै गरे विकास आश्वासनमै सिमीत रह्यो ।

बर्षदिनमा माइतीघर भेटन गएजस्तै पाचँबर्षमा चुनावको वेला निर्वाचन क्षेत्र र्फकने जित्ने अनी र्फकदै नर्फकने चलनले गर्दा यो अवस्था निम्तीएको हो । यि यस्ता कारणले गर्दा देशको स्थीती डमाडोल भएर पनी हदम्याद लागी सक्दा पनी यि बयो बृद्र्ध नेताहरुले सत्ताको खेल खेलीराखेकै अवस्था छ । जुन खेल सकेसम्म पाँच बर्षमा अर्थात निर्वाचनको मुखमा झुटा आश्वासन दिएर दुई तिहाई पडकाउने कोसिस गर्दछन र यदी प्रत्यक्ष रुपमा सत्तामा पुग्न नसकेमा सरकार गिराउने उपाय अपनाई मिलीजुली सरकार बनाई भागबन्डा लगाई लुटने गर्दछन ।

वास्तवमा सत्ताका सिकारीको परिभाषा एक चुनाव देखी अर्काे चुनावको विचमा विभिन्न प्रयासहरुगरी अर्थात झुटा आश्वासन दिएर बनेको सरकारलाई स्थायित्व प्रदान नगरीकन देश र जनताको मतलब नगरी जसरी हुन्छ आफु सरकारकोे सिढी चढेर पावरको स्वाद चाख्ने काम हो । जसमा देश र जनता एकठाउँमा थन्काई आफु रजाई गर्ने विधी अवलम्बन गरीएको हुन्छ । यि यस्ता घटना आज मात्र घटीराखेका हैनन बर्षाै देखी यही कुप्रथा चलीरेहेको छ । जसले गर्दा देशको आर्थिक अवस्था खस्केर ७,८ महिना वा बढीमा १, १.५ बर्षभित्र समाप्त हुने अवस्थामा पुगीसकेको छ ।

देशको आवश्यकता अनुरुपको शिक्षा प्रदान नर्गनाले शिक्षा क्षेत्र मात्र डिग्री बेच्ने भाडोको रुपमा परिणत भएको छ । शिक्षीत एंव वौद्दिक व्यक्तीले स्थान नपाउनाले देशको सम्पुर्ण निकायमा त्रुटि नै त्रुटि भईराखेको छ । यि सिकारीले यि यस्ता क्रियाकाप गर्न स्थान प्रदान गर्नुमा जनताले हतियारको काम गरेका छन । किनभने चुनावको समयमा एक अर्थमा देशलाई प्रगती तर्फ डोरयाउने प्रमुख दिनमा विचार नपुरयाउदा एक दिनको लोभ लालचका कारण व्यक्ती छनोट गर्दा खेरी गरेको गल्तीका कारण समाज र रास्ट्रको बारेमा नसोची नितान्त व्यक्तीगत स्वार्थका कारण गरेको गल्तीका कारणले यो अवस्था निम्तीएको हो । त्यसकारण यि सिकारी मौलाएका हुन ।

यसरी नै एक दिन गरेको गल्तीले गर्दा सिकारीहरुले अतीनै गरे ढाट्टन सम्म ढाट,े राज्यको ढुकुटी समाप्त पार,े रास्ट्रलाई घात पुग्ने खालका सम्झैताहरु गरे, शिक्षा स्वस्थ्य जस्तो पवित्र ठाँउ मा पनी राजनितीकीकरण गरे । त्यसकारण अब यि सिकारीहरुबाट देशलाई जोगाउनका निम्ती अझै एक मौका रहेको छ त्यो दिन हो आसन्न मंसिर ४ गते त्यो दिन एकपटक आफनो भबिष्य आफनो सन्तानको भबिश्यको बारेमा ,रास्ट्रको बारेमा सोचेर मतदान गरियो भने सायद यो देशको भबिश्य बदलिने छ ।

यो देशको गरिमा जोगिनेछ । ति विदेशीयेका लाखौ अनुहारले सुखको सास फेर्ने छ , दर्गम भुभागका व्यक्तीले उपचार नै नपाई तडपिएर मर्नु पर्ने छैन, शिक्षा बाट बन्चीत हुनुपर्ने छैन । त्यसकारण अबको चाँड निर्णायक चाँड देशलाइ कुन दिशातर्फ धकेल्ने भन्नेकुरालाई निश्चीत गर्ने अब व्यक्तीगत स्वार्थबाट अली टाढागई सोच्नुपर्ने समय आएको छ । तपाईको त्यो एक चोटीको चिन्तनले देशको भबिष्य निर्धारण गर्ने छ । अबको चुनाबमा व्यक्तीगत स्वार्थलाई टाढा राखी एकपटक समाज, रास्ट्र्रको भबिष्यको बारेमा सोचेर मतदान गर्नु अबको आवश्यककता रहेको छ ।”

अबको आवशयकता सिकारीको अन्तय गरी समाजमा व्याप्त बेथितीको अन्तयगरी सभ्य, सुस्कृंत नेपालको निर्माण गर्नु हो । र यि सिकारीहरुको अन्त्य गर्ने मात्र एउटा बाटो जनताको बदलिएको बिचार हो । तसर्थ बिचार बदली देशका लागी असल राजनेताहरु चुन्न अहम जिम्मेवारी आम नागरीकमा रहेको छ ।

तसर्थ अब नागरिकले यि सिकारीका हतियार नबनी यि सिकारीको हतियारद्वारा देशमाथी गरिएको प्रहारलाई छेक्ने ढाल बन्नु आजको समयमा महत्वपुर्ण आवश्यकता हो । आसन्न प्रतिनीधीसभा र प्रदेशसभाको निर्वाचनमा आमनागरीकले सिकारीलाई नचुनी संरक्षकलाई चुन्नेछन भन्नेमा विश्वस्त छु ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन