"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा सुदूरपश्चिमको शानदार जित

No data was found

Khabar Raftar

असोज २९ पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदूरपश्चिमले शानदार जित हासिल गरेको छ। लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५÷३ गोलले पाखा लगाउन सफल भएको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो। ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदूरपश्चिम १÷० को अग्रतामा रह्यो। पहिलो हाफमा १÷० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो। खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पुर्‍याए।

७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो। ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पुर्‍याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए।

खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए। त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन। उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे।

प्रतियोगिता अन्तरगत शनिबार २ खेल हुनेछन्। समूह बी अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं। १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन्।

 

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता