असार २६ बुटवल । बुटवलको गोलपार्कस्थित एक होटेलमा एक जना पुरुषसँगै बास बसेकी युवती मृत भेटीएकी छन् । असार २४ गते राति पूर्वी पाल्पाली गाल्धाली होटेलमा बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत भेटीएकी हुन् ।
मृतक गुरुङ बुटवल उपमहानगरपालीका वडा नंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नंंम्बर १०५ मा बस्न सदीक्षा आफलेै रुम बुक गरेको पाईएको छ । मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएका छन् ।
सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।
Post Views: 139

