"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराका बाढीपहिरो पीडित १ सय १८ घर परिवारलाई राहत सामग्री वितरण

No data was found

Khabar Raftar

भदौ १९ बाजुरा । बाजुराका बाढीपहिरो प्रभावित १ सय १८ घर परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ । वर्षायाममा जिल्लाका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति व्यहोरेका परिवारलाई राहत स्वरूप आवश्यक सामग्री प्रदान गरिएको हो । नेपाल राइजिङको सहयोग तथा बडीमालिका फाउन्डेशन नेपालको समन्वयमा त्रिवेणी, बुढीनन्दा, बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको बडीमालिका फाउन्डेशन नेपालले जनाएको छ ।

फाउन्डेशनका अध्यक्ष प्रकाश बहादुर सिंहका अनुसार पालिकासँगको समन्वयमा त्रिवेणी नगरपालिका वगडा नम्बर–९ ताम्सुका ६०, बुढीनन्दा नगरपालिका वडा नम्बर–१ का ४०, गौमुल गाउँपालिकाका ९ र बडीमालिका नगरपालिकाका ९ गरी १ सय १८ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो ।

प्रभावित परिवारलाई तत्कालका लागि दैनिक जीवनयापनमा सहजता होस भन्ने उद्देश्यले चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री वितरण गरिएको अध्यक्ष सिंहले बताए । उनले विपद्का कारण घरबारविहीन भएका परिवारका लागि आगामी दिनमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

बाढीपहिरोका कारण कतिपय परिवारको घर तथा खेतीयोग्य जमिनमा क्षति पुगेको अवस्थामा तत्कालीन आवश्यकता पूरा गर्न राहत वितरण गरिएको फाउन्डेशनले जनाएको छ । बडीमालिका फाउन्डेशनले यसअघि पनि विभिन्न संघसंस्था तथा सहयोगीदाताको सहयोगमा जिल्लाका विपन्न तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्दै आएको जनाएको छ ।

स्थानीय दिपेन्द्र थापाले वर्षायाममा जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढिरहेकाले प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि समेत पहल आवश्यक रहेको बताए । त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाका अनुसार पहिरोका कारण विस्थापित भएर पुरै गाउँ जोखिममा परेपछि ताम्सुका प्रभावित परिवार अहिले पनि त्रिपालमुनि बस्न बाध्य छन् ।

विभिन्न संघसंस्थाबाट खाद्यान्न लगायत राहत सामग्री सहयोग भइरहे पनि आगामी दिनमा थप सहयोग आवश्यक रहेको उनले बताए । यसअघि साउन २८ गते राति आएको पहिरोमा परी त्रिवेणी नगरपालिका वडा नम्बर–९ ताम्सु गाउँमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । पहिरोमा घरभित्र पुरिएर स्थानीय कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो ।

सोही घटनामा ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका थिए । पहिरोका कारण दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । लगातारको वर्षापछि गाउँको बीच भागमा पहिरो जानुका साथै विभिन्न स्थानमा जमिन चिराचिरा परेपछि ताम्सुका थप ५८ परिवार उच्च जोखिममा रहेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

विस्थापित परिवार मध्ये केही सहकारीको भवनमा, केही महालक्ष्मी आधारभूत विद्यालयमा तथा केही सडक छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् । त्यसैगरी भदौ ४ गते अविरल वर्षासँगै आएको पहिरोले गौमुल गाउँपालिका वडा नम्बर–३ कटीगाउँमा दुई घर पूर्ण रूपमा क्षति गरेको थियो ।

उक्त क्षेत्रमा दर्जन भन्दा बढी परिवार उच्च जोखिममा रहेको स्थानीय तहले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तह बाढीपहिरो लगायत विपद्को उच्च जोखिममा रहेका छन् । योजना अनुसार जिल्लाका करिब १ सय ५० बस्ती विपद्जन्य घटनाको उच्च जोखिममा छन् ।

भिरालो भू–भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण समग्र बाजुरा जिल्ला नै विपद्को उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।

यस्तो अवस्थामा तत्कालीन राहतसँगै जोखिम न्यूनीकरण, सुरक्षित स्थानमा पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा समेत राज्य तथा सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।

भर्खरै

बाढीपीडितका लागि कृष्णपुरबाट एक ट्रक राहत सामग्री सङ्कलन
विनाशकारी बाढीमा परेका मध्ये अहिले सम्म १ हजार २ सय ८७ जनाको शव भेटियो
धनगढी–१७ मा आयोजीत निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ६ जनाले सेवा लिए
अधिकारिक सरकारी खातामा मात्रै सहयोग जम्मा गरौँ
भोटेकोशी बाढीको ११ औँ दिन शनिबार दुई जनाको जीवितै उद्धार
बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग
श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना
धनगढीका निर्माणाधीन सडकमा खाल्टै खाल्टा, यात्रुलाई सास्ती
चुरे गाउँपालिकाको कर्मचारी छनौट, ढिलो आएका उम्मेदवारलाई अतिरिक्त समय दिएको आरोप
सुदूरपश्चिम प्रदेशमा धुमधामसँग गौरा पर्व मनाइयो

धेरै कमेन्ट गरिएको

बाढीपीडितका लागि कृष्णपुरबाट एक ट्रक राहत सामग्री सङ्कलन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rahat-2

बाढीपीडितका लागि कृष्णपुरबाट एक ट्रक राहत सामग्री सङ्कलन

04b17c05-d825-4af0-a668-f05f291ecb2d

विनाशकारी बाढीमा परेका मध्ये अहिले सम्म १ हजार २ सय ८७ जनाको शव भेटियो

WhatsApp Image 2026-09-05 at 17.05.34

धनगढी–१७ मा आयोजीत निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ६ जनाले सेवा लिए

cropped-cropped-khabar-raftar-2.png

अधिकारिक सरकारी खातामा मात्रै सहयोग जम्मा गरौँ

796297841_1402994405304877_1807423801815808584_n-1788597389

भोटेकोशी बाढीको ११ औँ दिन शनिबार दुई जनाको जीवितै उद्धार

2db6d3b6-8107-4962-bb66-77dc9eebdb12

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग

cropped-cropped-khabar-raftar-2.png

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना

wwwww

धनगढीका निर्माणाधीन सडकमा खाल्टै खाल्टा, यात्रुलाई सास्ती