"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन

No data was found

Khabar Raftar

असार १२ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न चारकोठे पक्की विद्यालय भवनको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले रिबन काटेर भवनको उदघाटन गरेका हुन ।

उद्घाटन गर्दै प्रमुख वीरेन्द्र भट्टले विद्यालयको शैक्षिक पूर्वाधार विस्तारले गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । गोदावरी नगरपालिकाले शैक्षिक सुधारलाई उच्च प्राथमिकतामा राख्दै विद्यालयहरूमा आवश्यक विषयगत शिक्षकको व्यवस्थापन, आधुनिक पूर्वाधार निर्माण तथा विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको उनले बताए । नगरभित्रका अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव नरहेको बताउदै उनले अब शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज फुलारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष जग्गुराम चौधरी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । करिब एक हजार विद्यार्थी र २७ जना शिक्षक रहेको विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिका विषयमा समेत चर्चा गरिएको थियो ।

कार्यक्रमका अवसरमा विद्यालयमा विभिन्न दाताबाट स्थापना गरिएका अक्षयकोषहरूको चालु आर्थिक वर्षको ब्याजबाट करिब ६० हजार रुपैयाँ ४६ जना गरिब, जेहेन्दार तथा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई छात्रवृत्ति स्वरूप वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषको कुल रकम ७ लाख २ हजार रुपैयाँभन्दा बढी रहेको विद्यालयले जानकारी गराएको छ ।

नगर प्रमुख भट्टले अक्षयकोष स्थापना गरी विपन्न तथा प्रतिभावान विद्यार्थीलाई निरन्तर सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै यस्ता अभियानले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताए । कार्यक्रममा विद्यालयकी छात्रा सरिता कोलीले सांगीतिक प्रस्तुति दिएकी थिइन् भने अवकाशप्राप्त शिक्षक डबल विकलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलारले नयाँ भवन निर्माण र छात्रवृत्ति वितरणले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ भएको बताउदै नेपाल सरकार, गोदावरी नगरपालिका र विद्यालयलाई सहयोग गर्ने सबै व्यक्ति र संस्था प्रति आभार व्यक्त गरेका छन ।

भर्खरै

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार
बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन
कञ्चनपुरको महेन्द्रनगर स्थितमझगाउँ विमानस्थल निर्माणको काम ७५ प्रतिशत सम्पन्न
कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ
धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो
कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ
जिल्ला प्रशासन कार्यालय बैतडीको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट पाँच जना निर्वाचित
लम्कीचुहा अस्पतालका निमित्त मेसुमाथि गरिएको दुव्र्यवहार प्रति नेपाल चिकित्सक संघको आपत्ति
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

e822f98f-b584-449f-9731-7b9813989cbc

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार

37fa716b-7cb5-49ee-ac35-6ed9c0d4872e

बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन

majhgau-bimansthal-2-2022025032644-1000x0

कञ्चनपुरको महेन्द्रनगर स्थितमझगाउँ विमानस्थल निर्माणको काम ७५ प्रतिशत सम्पन्न

pakrau-1

कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो

pakrau-1

कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ

Bhatt-1782438915

जिल्ला प्रशासन कार्यालय बैतडीको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट

raswapa-sup-kendriy-sadasya

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट पाँच जना निर्वाचित