मान्छेका आधारभूत आवश्यकताहरुलाई पुरा गर्ने सरकारको दायीत्व हो । खाने, लाउने र बस्ने नागरिकका जन्मसिद्ध अधिकार भए पनि नागरिकले खान, लाउन र बस्न समेत पाएका छैनन । मान्छेलाई बाच्नका लागी पानी अति आवश्यक पदार्थ हो । त्यसपछि खान आवश्यक पर्छ भने त्यस पछि आबास । त्यस पछि क्रमश मान्छेहरुलाई शिक्षा, स्वाश्थ्य, र रोजगारको अधिाकार हुन्छ ।
त्यसैगरी मनोरञ्जन र अन्य कुराहरुको अधिकारहरु पनि छन । तर प्रकृतीले निशुल्क प्रदान गरेको पानी समेत नागरिकले पाउन नसकेको अबश्था छ । बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर–६ बाम्का बजारमा अहिले खानेपानीको अभाव भएको छ । गर्मी बढ्दै गएकाले खानेपानीको मुख्य मुहान सुकेपछि बजारमा खानेपानीको अभाव भएको हो ।
पानी नपपरेर खडेरीका कारण कैलालीका विभिन्न स्थानमा पानी सुकेर खानेपानीको अभाव भएको छ । धनगढीको स्याउलेमा ट्याङकरले पानी वितरण गरिएको छ । खानेपानीको उचित प्रबन्ध नभएका थुप्रै स्थानमा अहिले पानीको स्रोत सुकेका कारण पीउने पानीको अभाव भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–१८ स्याउलेका स्थानीय बासिन्दालाई ट्याङकरले पानी वितरण गरेपनि अन्य स्थानमा समस्या समाधान हुन सकेको छैन ।
अधिकांश नल्का, मोटर र बोरिङबाट पानी आउन छाडेपछि स्थानीयले समस्या झेलीरहेका छन । विद्यालय जाने बालबालिकाले नियमित सरसफाइ गर्न पाएका छैनन । पानीको अभावले स्वास्थ्यमा असर पर्न सक्ने चिन्ता बढ्दै गएको छ । चिकित्सकहरूले दैनिक कम्तीमा दुई लिटर भन्दा बढी पानी पिउन सुझाव दिए पनि पर्याप्त पानी नहु“दा धेरै जसो परिवारले आवश्यक मात्रामा पानी उपभोग गर्न पाएका छैनन् ।
खाना पकाउने, लुगा धुने र सरसफाइ जस्ता आधारभूत काम प्रभावित भएका छन् । कृषि र पशुपालनमा समेत समस्या उत्पन्न भएको छ । पानी नपर्दा खेतबारी सुक्न थालेका छन् भने पशुचौपायालाई खुवाउने पानीको अभाव भएको छ । पानीको समस्या समाधान गर्न सरकारले खाने पानीको ब्याबश्था गर्न जरुरी छ ।
दीर्घकालीन रुपमा खाने पानीको समस्या समाधान गर्नका लागि घरघरमा शुद्ध खानेपानीको स्थायी व्यावस्था गर्न जरुरी छ । जल सम्पदाको धनी देशका नागरिकले खाने पानीको समस्या झेल्नु पर्ने विषय लाजमर्दो भएकाले मान्छेको बा“च्न पाउने अधिकार सुनिश्चित गर्न खाने पानीको उचित ब्याबश्था गर्न जरुरी छ ।

