"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सञ्चालनमा नआउँदै जीर्ण बन्यो, अत्तरियामा रहेको कोल्ड स्टोर

No data was found

Khabar Raftar

जेठ ०१ धनगढी । कैलालीको अत्तरियामा रहेको कोल्ड स्टोर सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । अत्तरियाको कृषि उपज थोक बजारमा २०७४ सालदेखि निर्माण सुरु गरेर लामो समय सम्म अलपत्र अवस्थामा रहेको कोल्ड स्टोर जीर्ण बनेको हो ।

सुरुमा ट्रस्ट तयार गरेर लामो समय देखि अलपत्र रहेको कोल्ड स्टोर गत वर्ष प्रदेश सरकारले उपकरण जडान गर्दा पनि अधुरै रहेपछि निर्माण गरेका सामान पनि फेर्नु पर्ने अवस्था आएको छ । २०७५ सालमा संघीय, स्थानीय सरकार र कृषि उपज थोक बजार व्यवस्थापन समितिको लगानीमा कोल्ड स्टोरको ट्रस्ट निर्माण गरिएको थियो ।

त्यसपछि ७ वर्ष ट्रस्ट मै सीमित रहेको कोल्ड स्टोर सञ्चालनका लागि प्रदेश सरकारले ९२ लाख खर्चेर गरे पनि अझै काम बाँकी रहेको भन्दै चालु आर्थिक वर्षमा पनि ९ लाख बजेट विनियोजन गरिएको छ । हाल कोल्ड स्टोर चुहिन थालेको र ल्याब पनि जीर्ण भइसकेकाले ९ लाख बजेटले सञ्चालन गर्न सक्ने अवस्था नरहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज जोशीले बताए । उनले कृषि विकास निर्देशनालय डोटीले गत वर्ष नै उपकरण जडान गरेर निर्माण सम्पन्न भएको रिपोर्ट गरे पनि सञ्चालन गर्ने अवस्था नै नभएपछि आफूहरूले थप बजेट माग गरेको बताए ।

उनले चालु आर्थिक वर्षमा ९ लाख मात्रै विनियोजन गरिएकाले सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको बताए । प्राविधिक पनि ल्याएर आएको बताउदै उनले प्राविधिकले टेक्निकल रुपमा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै थप बजेट आवश्यक पर्ने बताएको जानकारी गराए । निर्देशनालयमा पहिले नै निर्माण सम्पन्न भएको जानकारी गराईएको बताउदै उनले अब बजेट कसरी हाल्ने भनेर छलफल भइरहेको बताए । उनले हाल छुट्याएको साढे ९ लाख बजेटले कोल्ड स्टोरको दोस्रो तलाको च्यानल हाल्नको लागि खर्च गरिने भनिएको बताए ।

कोल्ड स्टोर लिकेज भएकाले त्यसका लागि प्यानल फेर्नुपर्ने बताउदै उनले प्यानलहरू धमिराले खाएको बताए । कोल्ड स्टोर लामो समय देखि अलपत्र परेकाले तत्काल सञ्चालन गर्नको लागि आफूहरूले दबाब दिइरहेको उनले बताए । कृषि विकास निर्देशनालय डोटीका कृषि इन्जिनियर कोष राज बुढाले कोल्ड स्टोर सञ्चालनका लागि के के आवश्यक पर्छ भनेर प्राविधिकलाई भिजिट गराइएको बताए ।

उनले प्राविधिकको रिपोर्ट आउन बाँकी रहेको बताउँदै रिपोर्ट आएपछि आवश्यक सामाग्री जडान गरेर सञ्चालनमा आउने बताए । उनले चालु आर्थिक वर्षमा कोल्ड स्टोरका लागि १ लाख छुट्याइएकोले उक्त रकमले सञ्चालन हुने नहुने बारेमा भने स्टिमेट रिपोर्ट आएपछि थाहा हुने बताए । गोदावरी नगरपालिका वडा नम्बर – १ मा रहेको कोल्ड स्टोरको कृषि उपज थोक बजार समितिले ९ लाखको लागतमा २०७४ सालमै फाउन्डेसन तयार पारेको थियो ।

पछि संघीय सरकार र स्थानीय सरकारको ९५ लाखको लागतमा कोल्ड स्टोरको ट्रस्ट तयार गरिएको थियो । तर, ट्रस्ट निर्माणका लागि ३ सय मेट्रिक टनको स्टिमेट गरेर ठेक्का सम्झौता गरिएको भए पनि फाउन्डेसन ३ सय २७ मेट्रिक टनको हुँदा सम्झौता अनुसार केही कोल्ड स्टोरको पफप्यानल कम परेर ट्रस्टको काम समेत अधुरो रहेको थियो ।

त्यसपछि प्रदेश सरकारले बाँकी रहेको ट्रस्ट र उपकरण जडानको काम गत वर्ष नै सकेको भए पनि पुनः काम बाकी रहेको भन्दै सञ्चालनमा ढिलाइ गरिएको थियो । चालु आर्थिक वर्षमा बाँकी काम पुरा गरेर सञ्चालन गर्ने भनिए पनि विनियोजन गरिएको रकम नै अपुग भएमा पुनः अलपत्र पर्ने देखिएको छ ।

भर्खरै

नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी
ईन्टरनेटको दुरुपयोग होईन, सदुपयोग गरौ
सञ्चालनमा नआउँदै जीर्ण बन्यो, अत्तरियामा रहेको कोल्ड स्टोर
निर्माण व्यवसायीको आन्दोलन चर्किँदै, सुदूरपश्चिममा धर्ना र प्रदर्शन
भन्सार छलिका सामान बरामद
कोल्टी ईलाका प्रशासनबाट मालपोत र नापी सम्बन्धी सेवा सुरु भएन
लागूऔषध सहित ७ जना पक्राउ
सुदूरपश्चिम प्रदेशमा वन उपभोक्ता समूहका माग सम्बोधन हुने भएपछि आन्दोलन स्थगित
दार्चुलामा १६ औँ राष्ट्रपति रनिङ सिल्डको तयारी अन्तिम चरणमा
बडिमालिका जाने पर्यटकको संख्या बढ्दै

धेरै कमेन्ट गरिएको

नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

nepali-congress-kailali-dhangadhi

नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी

cropped-cropped-khabar-raftar-2.png

ईन्टरनेटको दुरुपयोग होईन, सदुपयोग गरौ

cold-star-22

सञ्चालनमा नआउँदै जीर्ण बन्यो, अत्तरियामा रहेको कोल्ड स्टोर

71f77e8e-1e82-42e2-a9bd-15629b6e83a8-e1778832516489

निर्माण व्यवसायीको आन्दोलन चर्किँदै, सुदूरपश्चिममा धर्ना र प्रदर्शन

cropped-cropped-khabar-raftar-2.png

भन्सार छलिका सामान बरामद

1bbe32eb-a70a-4671-80f1-e8b754b77212

कोल्टी ईलाका प्रशासनबाट मालपोत र नापी सम्बन्धी सेवा सुरु भएन

pakrau-1

लागूऔषध सहित ७ जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम प्रदेशमा वन उपभोक्ता समूहका माग सम्बोधन हुने भएपछि आन्दोलन स्थगित