जेठ ०१ दार्चुला । दार्चलामा १६ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारबाट सुरु हुने १६औ जिल्लास्तरिय राष्ट्रपनि रनिङ्ग शिल्डको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताका लागि जिल्लाका नौवटै स्थानीय तह प्रशिक्षण तथा व्यवस्थापन कार्यमा सक्रिय रूपमा जुटेका छन् ।
प्रतियोगितामा पालिका स्तरीय छनौटबाट उत्कृष्ट ठहरिएका छात्र तथा छात्रा खेलाडीहरूले सहभागिता जनाउने छन् । जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय छनैेट प्रतियोगिता सम्पन्न भइसकेको जनाइएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो लगायत विभिन्न खेल विधामा अन्तरपालिका स्तरीय प्रतिस्पर्धा हुने जिल्ला खेलकुद समितिले जनाएको छ । १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २, ३ र ४ गते सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालन हुन बताइएको ेछ ।


