"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बागलुङ भगवती मन्दिरको दर्शन

No data was found

Khabar Raftar

विष्णु विश्वकर्मा, फाल्गुन १० बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ भगवती मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नु भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ भगवती मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नु भएको हो । गन्तव्य कालिका अभियान चलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्दिरमा स्वागत गरेको थियो ।

जिल्लामा आउने उच्च पदस्थलाई स्वागत गर्ने गुठीको पुरानो चलन छ । यस अघि पनि तत्कालीन राजारानी, पूर्वराष्ट्रपति र उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका मन्त्रिगण समेतलाई नियमित स्वागत गर्दै आएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । हेलिकोप्टरमा आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी बाङ्गेचउर खेल मैदानमा अवतरण भए पछि गाडी चढेर कालिका मन्दिर पुग्नु भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना पनि राष्ट्रपति भण्डारीको साथमा रहेका थिए ।

राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पहिलो पटक बागलुङ कालिका मन्दिरको दर्शन गर्नु भएको हो । राष्ट्रपतिको स्वागतका लागि पञ्चकन्या, गुठी व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयको भीड लागेको थियो । गण्डकी प्रदेश सभाकी उपसभामुख बिना थापा सहित जिल्लाबाट प्रतिनिधित्व गर्ने सबैजसो सांसद पनि सहभागी भएका थिए । जिल्ला समन्वय समितिका संयोजक अमर थापा, बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सहित सुरक्षाका उच्च पदस्थ अधिकारी पनि मन्दिरमा पुगेका थिए ।

राष्ट्रपतिले पूजा गरेपछि मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेर पर्वतको जलजला गाउँपालिकामा आयोजित कुलमन्दिर उद्घाटन कार्यक्रममा राष्ट्रपति गुग्नु भएको थियो । राष्ट्रपति आउने कार्यक्रमले एक घण्टा सवारी आवागमन रोकिएको थियो । त्यहाँ आयोजित ५ औं राष्ट्रपति खेलकुद प्रतियोगिताको फाइनल खेल पनि मंगलबार बेलुकीबाटै रोकेर हेलिप्याड बनाइएको थियो । खेल रोकिए पछि बुधबार दिउँसोबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान