"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अबको ५ वर्ष नेपाली क्रान्तिका लागि महत्वपूर्ण समय हुनेछ ः विप्लव

No data was found

Khabar Raftar

माघ ०७ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आगामी ५ वर्ष समग्र नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति र नेपाल कम्युनिस्ट पार्टीका लागि महत्वपूर्ण समय हुने बताएका छन् । पार्टीको नवौं केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकमा प्रस्तुत दस्तावेजको मुख्य सारबारे प्रस्ट पार्दै मंगलबार शुरु भएको केन्द्रिय समिति बैठकमा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ भन्ने शिर्षकको ११ पृष्ठ लामो लिखित दस्तावेज र पार्टीको आवधिक योजनागत एजेन्डामाथि उद्घाटन मन्तव्य राख्ने क्रममा नेकपा महासचिव विप्लवले नेपालको आजको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको अराजकता र संकट कुनै व्यक्ति वा दल विशेषको नभई विद्यमान सत्ता संरचना र समग्र पुजिवादकै संकट भएको उल्लेख गरेका छन् ।

आगामी ५ वर्ष नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, पार्टी, क्रान्ति र मुलुकको राजनीतिक परिस्थितिका लागि निकै निर्णायक र महत्वपूर्ण हुनेछ, यो कुरालाई ठिक ढंगले बुझेर हामी अगाडि बढ्नु पर्छ उनले भने,– नेपालमा अहिले साम्राज्यवादले एमाले र माओवादी केन्द्रलाई पश्चिम बङ्गालको जस्तो र नेकपालाई पेरु र इन्डोनेशियाको क्रान्ति जस्तो बनाउने कोशिस गरिरहेको छ ।

मन्तव्यको क्रममा महासचिव विप्लवले क्रान्तिको क्रममा बिगतमा पुर्णकालिन नेता कार्यकर्ता भन्नाले घर छोडेर पार्टीका लागि कुनै पनि ठाँउ र काममा आफ्नो सम्पुर्ण समय दिएर काम गर्ने कार्यकतालाई भनिएको बताउदै अहिले समय बदलिएकोले अब पूर्णकालिन नेता कार्यकर्ताको परिभाषा बदलिएको बताए । उनले आहिलेको क्रान्तिकारी आन्दोलनमा पूर्णकालिन भनेको कुनै न कुनै रुपमा आर्थिक उत्पादनसंङग जोडिएर जनताको सेवा गर्ने कुरा भएको बताएका छन् ।

एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने,–हामीले नेपाली समाजको सामाजिक, सांस्कृतिक विभेद असमानता र उत्पिडनलाई अन्त्य गर्दै भेदभावरहित, न्यायपूर्ण र मानवता प्रेमी सभ्यताका लागि सी जाति निर्माण गर्ने निष्कर्ष निकालेका छौँ । सी जाति निर्माण गर्ने कुरा सांस्कृतिक लडाई पनि हो । यसबारे अध्ययन र तथ्यको आधारमा बहस गर्न जरुरी छ उनले थपे,– नेपालको कम्युनिस्ट आन्दोलनमा जनचेतना र जनभावनालाई पक्रिनु पर्छ भन्ने नाममा पिछडिएको चेतनातिर फर्किएको देखियो ।

मन्तव्यको क्रममा उनले महाधिवेशनबाट निर्माण भएका कमिटीहरु कामयापी हुनुपर्छ भनेर आफुले केन्द्रिय समिति बैठक अघि नै केन्द्रिय सल्लाहकार समिति र केन्द्रिय प्रतिनिधि समितिको समेत बैठक गरेर धारणा र सुझाव लिएको बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान