"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नभेटिएको प्रेम !

No data was found

Khabar Raftar

प्रेम बिस्वासले गाजिएको प्रकृतिको सुन्दर उपहार हो । जसले नत रङ नत रुप नै ल्याएर आएको हुन्छ । ल्याउछ त केबल स्पर्श ! हो त्यही स्पर्शको गहिराइ नै प्रेम हो । हर कोही प्रेम जान्न चाहान्छन बुझ्न     चाहान्छन । उक्त बिषयमा अन्जाननै हुन्छन । प्रेम केहो भनी लागेको प्रश्नवाचक चिन्हमा मैले पनि त पुर्णबिराम दिन नखोजेको कहाँ होर ,म चाहान्छु अध्यारो साझले जसरी उज्यालो बिहानी प्राप्त गरे लगतै पुर्णबिराम लाग्छ । त्यस्तै होस प्रेममा पनि जसरी स्पर्शको लम्बाईले भावना रुपि नापको माध्यमबाट प्रेमको उत्तरले पुर्णबिराम पाओस ।

बिस्वास रुपि स्केलको माध्यमबाट प्रेमको उत्तरले पुर्णबिराम पाओस । नजरिया झ्यालहरुबाट प्रेमको उत्तरले पुर्णबिराम पाओस । पाउनकै लागि खडा भएको त्यो प्रश्नवाचक चिन्हले पुर्णबिराम पाओस । प्रेम त्यस्तो अबिभाज्य पनि होइन । प्रेम त्यस्तो हुन्छ जुन हलुका हावा जस्तै महसुस गर्न सकिन्छ । जसको खोजीकै लागि दुनियाँ तम्सिएको हुन्छ । जसको खोजीमै तमाम भौतिक शरीरहरु सिधिएका हुन्छन । जसको खोजीमै आँखा भित्रको तरलपदार्थ को खानी रितिएको हुन्छ ।

जसको अभावमा कयौँ दबाब झेल्नु पर्छ । जो अमुल्य जस्तै हुने गर्दछ । जो कहिल्यै देखिदैन । जसको खोजिमा कयौँ यात्री यात्रामै बिचलित भएका छन भने कयौँ यात्री यात्रामै थकित भएका छन । कसैलाई पिडाका बाढीले बगाउछ भने कसैलाई अपुग मिहिनेतको हिउँ परि यात्रामै बर्जापात पार्दछ । कोहि दुखको झरी भित्र थकित भैहाल्छन भने कोहि बिजुलीको बिस्मात संगै विलीन हुन्छन् । त्यसैले प्रेम सजिलै संग प्राप्त गर्न सकिदैन । प्रेम त्यस्तो चिज हो जसको बारे …..जति बर्णन गर्दा पनि अझ अपुग हुन्छ ।

उक्त नभेटेएको प्रेम खोजी यात्रा मैले पनि त कहाँ नगरेकी हु र ! त्यहीँ प्रेम भेटाउनकै लागि अनवरत बग्ने नदि झै म पनि रफतारमा नहिडेको कहाँ होर । लाखौँ ताराहरु बीचमा चादले पनि त्यो निर्मम प्रेम पाएको हुँदैन, एक्लो एक्लो हुन्छ त्यस्तै म पनि यो दुनियाँको भिडमा एक्लो एक्लो महसुस गर्छु त्यही प्रेम पाउनको निम्ति सयौँ रातहरु चादले बिताए जस्तै मैले पनि बिताएको छु एक्लै एक्लै ! सायद म त्यही प्रेम कै निम्ति जन्मिएकी हुँदिहु जो नभेटिएको प्रेम ! प्रेमको खोजी यात्रामा कोही इनामको व्यवस्था गर्दो होत ! सायद त्यो नभेटिएको प्रेम खोजी यात्राको इनाम मेरै पोल्ठोमा पर्ने थियो ।

जसलाई भेटाउनकै लागि खर्चिएका कयौँ अनिदा रात, खाए पनि नखाए झै देखिने त्यो भोको पेट, नाङ्गा मायाका विरह, निन्याउरो धुन, मुर्ति जस्तो मलिन अनुहार, वर्षाद झै अबिर झर्ने आँखाका बलिन्धारा,कसैको प्रतीक्षामा बसेको आभाष खै कसरी बयान गरु ती दिन जुन दिन नभेटिएको प्रेम भेटाउनकै निम्ति संघर्षिल यात्रा गर्दै थिए । यी र यस्तै मूल्यांकनको मापदण्ड हुँदो हो त म उत्कृष्ट नै हुने थिए । त्यो स्वर्णिम इनाम म नै जित्ने थिए ।

कहिलेकाही एकान्तमा समिक्षा गर्छु त कहिलेकाही नभेटिएको प्रेमको कल्पना गर्छु । हो म त्यहीँ भावना ब्यक्त गर्दै छु जुन कलिलो भावना प्रेम खोजिमै रितियो । जब म कक्षा ५ मा पढदै थिए मेरि आमाले स्वर्ग रोजिन भनौँ अथार्त मैले सदाका लागि आमा गुमाए । आमा गुमाए लगत्तै मैले टुहुरिको उपमा पाए । समय बित्दै गयो एकदिन मेरा आफ्ना भनौदाहरुले मलाई गोठाले जीवन बरदान दिए । म त्यो समयको कसरी बयान गरौँ कुन छेउबाट सुरु गरौँ । अहिले सम्झिदा पनि हात भैचालोले हल्लाए जसरी काप्न थाल्छन अनि आपत पर्दा आउने आवाज झै जोडले चिच्याउन मनलाग्छ । जब म ११ बर्षकी थिए ।

एक दर्जन भैंसी र पैसठी वटा बाख्रा अनि त्यस्तै गाई बाहेक मेरो आफ्नो भन्ने कोही थिएनन् । उनीहरुकै लागि कहिल्यै रुखमा पछारिन्थे त कहिल्यै जङ्गल मा बजारिन्थे । सबै मानिस प्रेम, खुसी र आनन्दको खोजिमा सहर भित्रीन्थे । सहर जाने बाटो त्यहीँ मेरो संसार भएको जङ्गलबाटै थियो । मैले पनि एकदिन त्यस्तो निर्णय गरे जो मेरा लागि बिल्कुल नौलो थियो । त्यो नौलो निर्णय अरु केही नभई जङ्गलको संसार अनि गोठाले जिन्दगीलाई तिनै एक दर्जन भैंसी अनि पैसठी वटा बाख्रा र अन्य गाई बस्तुको नामसारी गरि सहरमा जाने थियो । नौलो निर्णय साथ केही दिनपछि म सहर तिर लागे ।

सहरमा आग्ला अग्ला घरहरू अनि बोलिरहेका धुवा उडाउने फलाममा भैंसी देख्दा असाध्यै डर लाग्यो । अब नौलो र झिल्लीमिलि सपनाको सहरमा खाना त खानै प¥यो नि । जो सहर मैले कल्पना गरेको थिए त्यो सहर कल्पनामै सिमित रहयो । कोही नहुने बेसहाराले त माग्ने काम गर्नुपर्दो रहेछ । म पनि त्यही काममा मन्दिर नजिक माग्न बसे । बिस्तारै सहर चिन्दै गए । जिन्दगी बनाउन आएको सहरमा त प्रेम भेटाउनकै लागि रहरहरु धरौटी राख्नु पर्दो रहेछ ।

बाध्यतासंग मित्रता गाँस्नु पर्दो रहेछ । मन भारी बनाई झुटो मुस्कानका साथ हाँस्नु पर्दो रहेछ म बिचारी गोठालिलाई के थाहा ! मैले गोठाले जिन्दगी छोडेर सहर रोजेको सायद त्यहीँ नभेटिएको प्रेम भेटाउनकै लागि हुदो हो । एक दिन सोचिहाले गाउँले जिन्दगीले नभेटिएको प्रेम खै सहरिया जिन्दगीमा कसरी भेटिएला र तर मेरा अन्जान पैतलाका यात्रा कहिल्यै रोकिएनन् जो प्रेम भेटाउनकै लागि थिए । मेरा अपरिचित अँखा कहिल्यै थाकेनन् हो प्रेम भेटाउनकै लागि एकोहोरिएका थिए ।

सायद मेरो जन्म प्रेम भेटाउनकै लागि हुदो हो लाग्छ । प्रेम मैले तिमीलाई कहाँ कहाँ खोजिन होला र बाकी छ त केबल अब एउटा ठाउँ, त्यो ठाउँ हो तिमी भएको ठाउँ, प्रेम तिमी भएको ठाउँ, म तिम्रै खोजीमा निसासिएकी छु ,भौतारिरहेकी छु, तिम्रै खोजिमा कयौँ समय रितियो ।

हस्पिटलको बेड बाट पनि यि निर्दोष अँखाको माध्यमबाट पनि मैले त्यही प्रेम खोजिरहेकी थिए जुन नभेटिएको प्रेम ! नभेटिएको प्रेम ! नभेटिएको प्रेम ।

नाम ः मनिषा चन्द (मन्सु) भगवतीमाई गाउँपालिका दैलेख
कसैको जिन्दगी संग मेल खाएमा संयोग मात्र हुनेछ ।
धन्यवाद !

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान