"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपाका महासचिव विप्लवकी आमा आशिका देवी चन्दको शिवगढीमा अन्त्येष्टि

No data was found

Khabar Raftar

मंसिर १८ धनगढी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव की ममतामयी आमा आशिका देवी चन्दको कपिलवस्तुको शिवगढीमा श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको छ । शनिबार कपिलवस्तु स्थिति आफ्नै निवासमा निधन भएकी महासचिव चन्दकी ममतामयी आमाको पार्थिव शरिरमा महासचिव विप्लवले फुलमाला र अविर लगाएर अन्तिम श्रद्धाञ्जली दिए पछि उनको आईतबार अन्त्येष्टि गरिएको हो ।

महासचिव चन्दकी आमाको पार्थिव शरिरमा पार्टीका नेताकार्यकर्ता, घरपरिवार, आफन्त र स्थानीयले श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली पश्चात् आमा आशिका देवि चन्दको अन्त्येष्टि गरिएको हो । परम्परागत संस्कारको विकल्पमा जनसंस्कार र जनसंस्कृतिको अवलम्बन गर्ने पार्टीको नीति अनुसार उनको दाहसंस्कार पछि ५ दिनसम्म शिवगढीमा विभिन्न कार्यक्रमहरु गरिने कार्यक्रम तय गरिएको छ । दोश्रो दिन आज १९ गते आमाको सम्झनामा बृक्षारोपण गरिने, तेस्रो दिन २० गते बृद्ध आमाबुबालाई न्यानो कपडा वितरण गरिने, चौथो दिन २१ गते समवेदना दिन आउने महानुभावहरुलाई भेटघाटको निरन्तरता दिने, पाचौं दिन २२ गते शोक सभा कार्यक्रम गरिने भएको छ ।

बुवा विनाराम घर्ती र आमा सुनसरी घर्तीको कोखबाट वि. सं. १९८६÷१÷२१ गते जन्मिनु भएकी आशिका देवीको पति चित्र बहादुर चन्दसँग विवाह भएको थियो । आशिकादेवीको ३ छोराहरु नेत्र विक्रम चन्द विप्लव, वीरजंग चन्द र जयन्द्र चन्द रहेका छन । त्यसैगरी छोरीहरु तुलसा चन्द, लक्ष्मी चन्द र देवा चन्द छन । जेठा छोरा वीरजंगको गतवर्ष लामो समय जेल जीवनपश्चात् निधन भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवकी ९६ वर्षिय आमा आशिका चन्दको शनिबार कपिलवस्तु स्थिति आफ्नै निवासमा हुन गएको निधन प्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता खडक बहादुर विक प्रकाण्डले आइतबार शोक वक्तव्य जारी गर्दै आदरणीय आमा आशिकाको निधनप्रति श्रद्धाञ्जली र महासचिव लगायत घरपरिवार, आफन्तहरुमा समवेदना प्रकट गर्नु भएको हो । शोक वक्तव्यमा आमा आशिका देवी चन्दले नेपालको कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पु¥र्याएको योगदान प्रति पार्टी उच्च सम्मान व्यक्त गर्दछ । साथै दिवंगत आमाको क्रान्ति र परिवर्तन प्रतिको सपना पूरा गरि छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ शोक वक्तव्यमा उल्ल्ेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी शोक वक्तव्यमा जनप्रीय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवकी ९६ वर्षिय आमा आशिका चन्दको शनिबार बिहान ९ बजे दुखद निधन हुन गएको छ । सर्वप्रथम दिवंगत आमाप्रति हाम्रो पार्टी स–सम्मान श्रद्धाञ्जली अर्पण गर्दछ । अभिभावक गुमाउदाको सर्वाधिक पिडापूर्र्ण यो क्षणमा पार्टी महासचिव कमरेड विप्लव , उहाको परिवार र आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ शोक वक्तव्यमा भनिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान