"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिक्किमको १९७३ को संसदिय चुनाव र २०७९ को नेपालको सँसदिय चुनाव सँयोग र शँका

No data was found

Khabar Raftar

पूर्ण खडका । देश यतिबेला गृष्म ऋतुको सिरेटोलाई बेवास्ता गर्दै कथित सँघ र प्रदेश को चुनावले तातेको अनुभुत सबैमा छ । गाउँ शहर गल्लि चोक चियापसल हरुमा गक्ष्य अनुसारको बहस छलफल र चुनाबि प्रचार भैराखेको छ । चुनावि घोषणापत्र सबै दलका कुनै कुरामा फरक नपर्ने खाले जनताका न्युनतम आधारभुत मागसँग सम्बन्धित छन । पार्टिबाट प्रस्ताबित उम्मेद्वार भन्दा दुई फिट माथिबाट स्वतन्त्र भनिएका उम्मेदवार ले पनि आफ्ना घोषणापत्र तयार पारेका छन । हेर्दा नेपाली जनता र नेपाल देशलाई अब दुख र दर्दले भरियको दिनलाई धेरै झेल्न नपर्ने पक्का जस्तो देखिन्छ ।

अहिले यस्तै आसामा छन नेपाली जनता । एकातिर सत्ता गठबन्धन पन्चमुखि बह्रम्मा जस्तो गठबन्धन छ भने अर्को तर्फ फ्याउराको बथान नायकले जस्तो हुईयाँ गर्दै साथि बटुर्दै गरेको एमालेको गठबन्धन छ । अर्को तर्फ पत्रकारबाट राजनितिमा चतुरेको दाउपेजमा आएको स्वतन्त्र पार्टी नामको रबि लामिछाने र बागि स्वतन्त्र उम्मेदवार र अर्कोतिर क्रान्तिकारी लाईनलाई टसमस हुन नदियर निरन्तर राष्ट्रिय मुक्ति सँग्रामको झण्डा उठाई रहेको सँसदिय ब्यबस्था बिरुद्ध चुनाव खारेज र बहिष्कारको एजेण्डा बोकेको नेपाल कम्युनिस्ट पार्टी लगायतका बामपंथी पार्टिहरु छन् ।

सत्ता गठबन्धनको घोषणा पत्रमा जे लेखेपनि केपि वलि हराउनु हो र उस्तै खेल वलिको पनि हो । कसरी दुईतिहाई वा बहुमत पुगाउने सम्म । हेर्दा यस्तै देखिय पनि यसको अन्तर कथा फरक छ किनकि नेपाली राजनितिको तरँग फरक भएको अनुभुत भैरहेको छ । स्वदेशी उत्पादनका सँरचनालाई बिलोबिकरण गरिनु प्रगतिशील युवा रोजगारिको खोजिमा बिदेशीनु जनतालाई महँगिमा दल्नु ठुला बिदेसि करदाता कम्पनिहरुसँग कर नलिनु mअअ÷कउउ जस्ता राष्टघाति सम्झौतामा बाहिर जनसागरको बिरोधलाई दमन गरेर भित्र एकमतका साथ पास गरिनुले देशको बर्बादी धेरै टाढा छैन भन्ने प्रायनिष्चित भएको छ ।

अबरुद्ध सदन खुलाउने निउमा आफ्ना निजि माग लाई प्राथमिकता दियर एमसिसि अनुमोदन गराउन घुमाउरो रोल एमालेले खेलेको थियो । किनकि बिपक्षीको सहि भुमिकामा एमाले नहुनुले पनि यो समस्या उत्पन्न भयको हो । सडकमा हुने प्रतिपक्ष भन्दा सदनमा हुने प्रतिपक्षको भुमिका महत्त्वपूर्ण हुन्छ । अब मँसिर ४ पछि दलालहरु चुनाव जितेर सँसदमा पुग्छन अनि देशलाई कौडिमा रुपान्तरण गर्दै दाउमा लगाउदै mअअ÷कउउ कार्यान्वयनको लागि प्रकृया थाल्ने छन ।

अनि हाम्रो देशमा अमेरिकि हस्तक्षेप नाङगो रुपमा आउनेछ र लुट्न सुरु गर्नेछ । त्यो बेला स्वाधीनताको लागि आन्दोलित क्रान्तिकारी जनतालाई मात्र दमन गर्ने छैन बल्कि यतिखेर मासुभात खाएर डिजेमा नाचेका साथिहरुलाई पनि दमन हुने पक्का छ । यो कुनै बनावटि कुरा होईन यो ब्यबस्थाको भद्दा नाटक र अराजनीतिक चर्तीकलाले भावि सन्देश दिराखेको छ । यसले नत देश स्वाधीन हुनेछ नत शान्ति हुनेछ झन बर्बादि र त्रसादिपूर्ण अबस्थामा पुग्नेछ र देश पुर्णतया गृहयुद्धमा फस्ने भएको पूर्ब सँकेत हो । बेबस्था नै निकम्मा भय पछि ब्याक्तिको के आसको कुरा गर्नु र ? हो ठिक यस्तै समयर कालखण्डमा उपनिवेशले ग्रसित राष्ट बिगठन भई अस्तित्वबाट बाहिरिने खतरा हुन्छ ।

यो हाम्रा सामु यो समय प्रकट भयको छ । यो कुरा दलाललाई राम्रोसँग थाहा छ तर जनताबाट योपटक निर्बाचित हुन ढाँटको खेति गरिराखेका छन । राष्ट्रघात भएको जतिखेर जनताले बुझ्नेछन त्यो बेला अति ढिला भैसकेको हुनेछ । त्यसैले देश भक्त बामपंथीले आजैबाट पहल गर्नु अन्याय होईन आफ्नो राष्ट्र चाहाने सच्चा नेपालिले एकचोटि कुल्ड भयर गहिरो बहसमा लाग्नु र देश बिनासबाट बचाउनु महत्त्वपूर्ण काम बनेको छ ।
उधाहरणको लागि हाम्रो सिमानामा रहेको स्वतन्त्र सिक्किम राज्य राजकिय अस्तित्वबाट हटेको घटना     ताजै छ ।

सन १९४५ मा लेन्डुप दोर्जेको नेतृत्वमा गठन भएको सिक्किम प्रजामण्डलले निकै स्वाधिन र समृद्धिको ढ्वाङ पिट्दै अगाडि आएको थियो । यहि सिलसिलामा सन १९५३ मा सिक्किम काँग्रेस र लेन्डुप दोर्जेको सिक्किम प्रजामण्डलको एकता भयो । यिनी दुईटैको बिचार बाहिरि रुप भिन्नै थियो तर नेतृत्वमा लेन्डुप नै रहने सर्तमा एकता भएको पार्टीको अध्यक्ष भय लगत्तै भारतका प्रधानमन्त्री जहारलाल नेहरुले लेन्डुपलाई भारतमा निमन्त्रणा गरे र स्वागत गरे । स्वतन्त्र सिक्किमलाई बिगठन गर्न भारतलाई सिक्किम भित्र गतिलो दलाल चाहिएको थियो ।

उसको ईच्छा पूरा अब लेन्डुपबाट हुनेमा भारत बिस्वस्त थियो । लेन्डुप भारतबाट सिक्किम फर्के लगत्तै नाटकिय रुपमा भारत बिरुद्ध र राजतन्त्रका बिरुद्ध बिद्रोह सुरु गरे फलस्वरूप सन १९७३ मा सिक्किममा निर्बाचन भयो सिक्किममा ३२ सिट मध्य लेन्डुपको पार्टीले ३ सिट मात्र जित्यो र बाँकि राजा चोग्यालको राजतन्त्रको पक्षले जित्यो । तर पछि चुनाव राजाले धाँधली गरेको भन्दै लेन्डुपले आन्दोलन गरेपछि पुनह चुनाव भयो ।

यस पटक ३२ मा ३१ लेन्डुप दोर्जे को पोल्टामा र राजा चोग्याललाई १ सिट मात्र आयो । यसरी जितेपछि एकसिट जित्नेलाई दोर्जेले सँसदमा प्रतिबन्ध लगाए । प्रधानमन्त्रीको सफत पनि राजाबाट लियनन र सुरुभयो सिक्किम बिलयको औपचारिक सुरुवात । भारतमा पनि लोकसभा र बिधान सभामा सिक्किमलाई भारतको २२ औं प्रान्त मान्य एजेण्डा पास भैसकेको थियो ।

यता सिक्किममा लिन्डुपको पार्टीले पनि स्वतन्त्र सिक्किमलाई भारतमा गाभने औपचारिक निर्णय पास गरे लगत्तै भारतका राष्टपति फक्रुदिन अलिले काजि लेन्डुपलाई प्रधानमन्त्रीबाट मुख्यमन्त्री बनाउदै १९७५÷अप्रिल ÷२३ मा सिक्किमलाई भारतको २२ औं प्रान्त बनाएर सिक्किमलाई राजकिय अस्तित्वबाट सदाको लागि मेट्ने काम भयो । जब यो स्वतन्त्र सिक्किमको जनताले थाहा पाए तब धेरै ढिला भैसकेको थियो । यधपी अहिले पनि स्वतन्त्र सिक्किमको आन्दोलन हुँदै आएको छ तर सम्भावना कमै छ ।

आफ्नो जन्मदिने आमालाई कसाईको हातमा सुम्पेर आएको पैसाले बिलासि जीवन जिउन चाहने सिक्किमको जस्तो एकमात्र लेन्ठुप होईन हाम्रो देशमा दर्जनौ लेन्डुप छन । अघिल्लो चुनावमा पास गरेका सन्धि र सम्झौता यतिखेरको चुनावले कार्यनयन गर्ने छ र नेपाललाई युद्ध कृडास्थल बनाई नेपालमा भएका बहुमुल्य सम्पति आफ्नो देशमा निर्यात गर्ने प्रपन्च सुरु भएको छ । त्यसैले सचेत नागरिकले अहिले नबोलेर पछि पस्चाताप गर्नुशिवाय केही हुदैन ।

तसर्थ हाम्रो चुनाव होईन यो प्रजातन्त्रको नाममा ढोगि र दलाल माफियाहरुको लुटने र ठगनेहरुको लाईसेन्स रिनु गर्ने हो । जुन कुरा जनताको अभिमतबाट मात्रै सम्भव हुन्छ । त्यसैले प्रजातान्त्रिक ब्यबस्थामा नो भोट पनि गर्न पाउने व्यबस्था छ । देखावटी रुपमा यहि मात्र एक अधिकार छ । अरुत पुरै तानाशाही प्रबृत्ति हाबि छ । बाँकि सम्पूर्ण मुक्तिकामि जनताले फ्रेस भएर सोचौ । योबेला नत पहिलो बिश्व युद्धको बेला जस्तो न दोस्रो बिश्वयुद्धको बेला जस्तो छ ।

नत प्राचीन साम्राज्य बिस्तार जस्तो छ । यो बेलाको भिन्न विश्वपरिवेश छ । विश्व बहुध्रुबिय अबस्थामा छ । देश सामाजिक दलालको हातमा छ । लेन्डुपहरुले देशलाई घुम्टो ओढाएर तयार पारिसक्एका छन । साम्राज्यवादी पखेटा र पन्जा देशमा फैलिदै छन । हरेक नागरिकले सचेत हुन जरुरी छ । सचेत नागरिकले आवाज बुलन्द गर्न जरुरी छ । देशले के चाहाएको छ त्यो तपाई हाम्रो हातमा छ । अहिले हतार नगरौ ढिलो भएको छैन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान