पूर्ण खडका । देश यतिबेला गृष्म ऋतुको सिरेटोलाई बेवास्ता गर्दै कथित सँघ र प्रदेश को चुनावले तातेको अनुभुत सबैमा छ । गाउँ शहर गल्लि चोक चियापसल हरुमा गक्ष्य अनुसारको बहस छलफल र चुनाबि प्रचार भैराखेको छ । चुनावि घोषणापत्र सबै दलका कुनै कुरामा फरक नपर्ने खाले जनताका न्युनतम आधारभुत मागसँग सम्बन्धित छन । पार्टिबाट प्रस्ताबित उम्मेद्वार भन्दा दुई फिट माथिबाट स्वतन्त्र भनिएका उम्मेदवार ले पनि आफ्ना घोषणापत्र तयार पारेका छन । हेर्दा नेपाली जनता र नेपाल देशलाई अब दुख र दर्दले भरियको दिनलाई धेरै झेल्न नपर्ने पक्का जस्तो देखिन्छ ।
अहिले यस्तै आसामा छन नेपाली जनता । एकातिर सत्ता गठबन्धन पन्चमुखि बह्रम्मा जस्तो गठबन्धन छ भने अर्को तर्फ फ्याउराको बथान नायकले जस्तो हुईयाँ गर्दै साथि बटुर्दै गरेको एमालेको गठबन्धन छ । अर्को तर्फ पत्रकारबाट राजनितिमा चतुरेको दाउपेजमा आएको स्वतन्त्र पार्टी नामको रबि लामिछाने र बागि स्वतन्त्र उम्मेदवार र अर्कोतिर क्रान्तिकारी लाईनलाई टसमस हुन नदियर निरन्तर राष्ट्रिय मुक्ति सँग्रामको झण्डा उठाई रहेको सँसदिय ब्यबस्था बिरुद्ध चुनाव खारेज र बहिष्कारको एजेण्डा बोकेको नेपाल कम्युनिस्ट पार्टी लगायतका बामपंथी पार्टिहरु छन् ।
सत्ता गठबन्धनको घोषणा पत्रमा जे लेखेपनि केपि वलि हराउनु हो र उस्तै खेल वलिको पनि हो । कसरी दुईतिहाई वा बहुमत पुगाउने सम्म । हेर्दा यस्तै देखिय पनि यसको अन्तर कथा फरक छ किनकि नेपाली राजनितिको तरँग फरक भएको अनुभुत भैरहेको छ । स्वदेशी उत्पादनका सँरचनालाई बिलोबिकरण गरिनु प्रगतिशील युवा रोजगारिको खोजिमा बिदेशीनु जनतालाई महँगिमा दल्नु ठुला बिदेसि करदाता कम्पनिहरुसँग कर नलिनु mअअ÷कउउ जस्ता राष्टघाति सम्झौतामा बाहिर जनसागरको बिरोधलाई दमन गरेर भित्र एकमतका साथ पास गरिनुले देशको बर्बादी धेरै टाढा छैन भन्ने प्रायनिष्चित भएको छ ।
अबरुद्ध सदन खुलाउने निउमा आफ्ना निजि माग लाई प्राथमिकता दियर एमसिसि अनुमोदन गराउन घुमाउरो रोल एमालेले खेलेको थियो । किनकि बिपक्षीको सहि भुमिकामा एमाले नहुनुले पनि यो समस्या उत्पन्न भयको हो । सडकमा हुने प्रतिपक्ष भन्दा सदनमा हुने प्रतिपक्षको भुमिका महत्त्वपूर्ण हुन्छ । अब मँसिर ४ पछि दलालहरु चुनाव जितेर सँसदमा पुग्छन अनि देशलाई कौडिमा रुपान्तरण गर्दै दाउमा लगाउदै mअअ÷कउउ कार्यान्वयनको लागि प्रकृया थाल्ने छन ।
अनि हाम्रो देशमा अमेरिकि हस्तक्षेप नाङगो रुपमा आउनेछ र लुट्न सुरु गर्नेछ । त्यो बेला स्वाधीनताको लागि आन्दोलित क्रान्तिकारी जनतालाई मात्र दमन गर्ने छैन बल्कि यतिखेर मासुभात खाएर डिजेमा नाचेका साथिहरुलाई पनि दमन हुने पक्का छ । यो कुनै बनावटि कुरा होईन यो ब्यबस्थाको भद्दा नाटक र अराजनीतिक चर्तीकलाले भावि सन्देश दिराखेको छ । यसले नत देश स्वाधीन हुनेछ नत शान्ति हुनेछ झन बर्बादि र त्रसादिपूर्ण अबस्थामा पुग्नेछ र देश पुर्णतया गृहयुद्धमा फस्ने भएको पूर्ब सँकेत हो । बेबस्था नै निकम्मा भय पछि ब्याक्तिको के आसको कुरा गर्नु र ? हो ठिक यस्तै समयर कालखण्डमा उपनिवेशले ग्रसित राष्ट बिगठन भई अस्तित्वबाट बाहिरिने खतरा हुन्छ ।
यो हाम्रा सामु यो समय प्रकट भयको छ । यो कुरा दलाललाई राम्रोसँग थाहा छ तर जनताबाट योपटक निर्बाचित हुन ढाँटको खेति गरिराखेका छन । राष्ट्रघात भएको जतिखेर जनताले बुझ्नेछन त्यो बेला अति ढिला भैसकेको हुनेछ । त्यसैले देश भक्त बामपंथीले आजैबाट पहल गर्नु अन्याय होईन आफ्नो राष्ट्र चाहाने सच्चा नेपालिले एकचोटि कुल्ड भयर गहिरो बहसमा लाग्नु र देश बिनासबाट बचाउनु महत्त्वपूर्ण काम बनेको छ ।
उधाहरणको लागि हाम्रो सिमानामा रहेको स्वतन्त्र सिक्किम राज्य राजकिय अस्तित्वबाट हटेको घटना ताजै छ ।
सन १९४५ मा लेन्डुप दोर्जेको नेतृत्वमा गठन भएको सिक्किम प्रजामण्डलले निकै स्वाधिन र समृद्धिको ढ्वाङ पिट्दै अगाडि आएको थियो । यहि सिलसिलामा सन १९५३ मा सिक्किम काँग्रेस र लेन्डुप दोर्जेको सिक्किम प्रजामण्डलको एकता भयो । यिनी दुईटैको बिचार बाहिरि रुप भिन्नै थियो तर नेतृत्वमा लेन्डुप नै रहने सर्तमा एकता भएको पार्टीको अध्यक्ष भय लगत्तै भारतका प्रधानमन्त्री जहारलाल नेहरुले लेन्डुपलाई भारतमा निमन्त्रणा गरे र स्वागत गरे । स्वतन्त्र सिक्किमलाई बिगठन गर्न भारतलाई सिक्किम भित्र गतिलो दलाल चाहिएको थियो ।
उसको ईच्छा पूरा अब लेन्डुपबाट हुनेमा भारत बिस्वस्त थियो । लेन्डुप भारतबाट सिक्किम फर्के लगत्तै नाटकिय रुपमा भारत बिरुद्ध र राजतन्त्रका बिरुद्ध बिद्रोह सुरु गरे फलस्वरूप सन १९७३ मा सिक्किममा निर्बाचन भयो सिक्किममा ३२ सिट मध्य लेन्डुपको पार्टीले ३ सिट मात्र जित्यो र बाँकि राजा चोग्यालको राजतन्त्रको पक्षले जित्यो । तर पछि चुनाव राजाले धाँधली गरेको भन्दै लेन्डुपले आन्दोलन गरेपछि पुनह चुनाव भयो ।
यस पटक ३२ मा ३१ लेन्डुप दोर्जे को पोल्टामा र राजा चोग्याललाई १ सिट मात्र आयो । यसरी जितेपछि एकसिट जित्नेलाई दोर्जेले सँसदमा प्रतिबन्ध लगाए । प्रधानमन्त्रीको सफत पनि राजाबाट लियनन र सुरुभयो सिक्किम बिलयको औपचारिक सुरुवात । भारतमा पनि लोकसभा र बिधान सभामा सिक्किमलाई भारतको २२ औं प्रान्त मान्य एजेण्डा पास भैसकेको थियो ।
यता सिक्किममा लिन्डुपको पार्टीले पनि स्वतन्त्र सिक्किमलाई भारतमा गाभने औपचारिक निर्णय पास गरे लगत्तै भारतका राष्टपति फक्रुदिन अलिले काजि लेन्डुपलाई प्रधानमन्त्रीबाट मुख्यमन्त्री बनाउदै १९७५÷अप्रिल ÷२३ मा सिक्किमलाई भारतको २२ औं प्रान्त बनाएर सिक्किमलाई राजकिय अस्तित्वबाट सदाको लागि मेट्ने काम भयो । जब यो स्वतन्त्र सिक्किमको जनताले थाहा पाए तब धेरै ढिला भैसकेको थियो । यधपी अहिले पनि स्वतन्त्र सिक्किमको आन्दोलन हुँदै आएको छ तर सम्भावना कमै छ ।
आफ्नो जन्मदिने आमालाई कसाईको हातमा सुम्पेर आएको पैसाले बिलासि जीवन जिउन चाहने सिक्किमको जस्तो एकमात्र लेन्ठुप होईन हाम्रो देशमा दर्जनौ लेन्डुप छन । अघिल्लो चुनावमा पास गरेका सन्धि र सम्झौता यतिखेरको चुनावले कार्यनयन गर्ने छ र नेपाललाई युद्ध कृडास्थल बनाई नेपालमा भएका बहुमुल्य सम्पति आफ्नो देशमा निर्यात गर्ने प्रपन्च सुरु भएको छ । त्यसैले सचेत नागरिकले अहिले नबोलेर पछि पस्चाताप गर्नुशिवाय केही हुदैन ।
तसर्थ हाम्रो चुनाव होईन यो प्रजातन्त्रको नाममा ढोगि र दलाल माफियाहरुको लुटने र ठगनेहरुको लाईसेन्स रिनु गर्ने हो । जुन कुरा जनताको अभिमतबाट मात्रै सम्भव हुन्छ । त्यसैले प्रजातान्त्रिक ब्यबस्थामा नो भोट पनि गर्न पाउने व्यबस्था छ । देखावटी रुपमा यहि मात्र एक अधिकार छ । अरुत पुरै तानाशाही प्रबृत्ति हाबि छ । बाँकि सम्पूर्ण मुक्तिकामि जनताले फ्रेस भएर सोचौ । योबेला नत पहिलो बिश्व युद्धको बेला जस्तो न दोस्रो बिश्वयुद्धको बेला जस्तो छ ।
नत प्राचीन साम्राज्य बिस्तार जस्तो छ । यो बेलाको भिन्न विश्वपरिवेश छ । विश्व बहुध्रुबिय अबस्थामा छ । देश सामाजिक दलालको हातमा छ । लेन्डुपहरुले देशलाई घुम्टो ओढाएर तयार पारिसक्एका छन । साम्राज्यवादी पखेटा र पन्जा देशमा फैलिदै छन । हरेक नागरिकले सचेत हुन जरुरी छ । सचेत नागरिकले आवाज बुलन्द गर्न जरुरी छ । देशले के चाहाएको छ त्यो तपाई हाम्रो हातमा छ । अहिले हतार नगरौ ढिलो भएको छैन ।

