"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अनुदान रकम आउन थालेपछि उद्योग दर्ता गर्ने क्रम बढ्यो

No data was found

Khabar Raftar

साउन ०८ दार्चुला । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि दार्चुलामा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको छ । अनुदान रकम आउन थालेपछि उद्योग दर्ता गर्ने क्रम बढेको हो । दार्चुलामा उद्योगको सङ्ख्या दुई हजार ३ सय ५३ पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४ सय ९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी गराए । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा एक हजार ८ सय ५४ उद्योग दर्ता भएका   थिए ।
यस्तै आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा १ सय ३९ वाणिज्य पसल दर्ता भएका थिए । गत वर्ष १ सय १२ उद्योग नवीकरण भएका थिए । सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका उद्देश्य थप गरिएको थियो । वाणिज्यतर्फ २ सय ८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले जानकारी गराए ।

उक्त कार्यालयले गत आर्थिक वर्षमा १० लाख १३ हजार ७ सय १५ रुपैया राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालूतर्फ कूल दुई करोड पाँच लाख बजेट रहेकामा एक करोड ४६ लाख ३७ हजार ४ सय १३ रुपैया खर्च भएको थियो । यस्तै पुँजिगततर्फ कूल ८१ लाख ४३ हजार मध्ये ७१ लाख ३० हजार ४ सय ४२ रुपैया खर्च भएको कार्यालयले जनाएको छ । त्यसैगरी मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक स्थानको १ सय मिटर भित्र मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको हो । मदिरा बिक्री वितरण ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम सार्वजनिक स्थानको कम्तीमा १ सय मिटर भित्र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष हीरासिंह धामीले जानकारी     दिए ।

गाउँपालिकाले वडा कार्यालय, लिका कार्यालय, विद्यालय क्षेत्र वरपर मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरण तथा ओसार पसारमा पनि बन्देज लगाएको छ । यस अघि वडा नम्बरं ५ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । मदिराका कारण समाजमा विकृति बढ्दै गएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान