"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चोरको स्वर ः भागी विवाहको घतलाग्दो दृश्यान्तर

No data was found

Khabar Raftar

जेठ २३ काठमाण्डौ ।‘सेवारो तपाईंहरूको गाउँ घरमा एउटा सुन्दर फूल फुलेको
रहेछ । फूलको सुवास हाम्रो गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन   पराएछ । अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ ।’

बुढापाका भाँती र भाका पुर्‍याएर भन्छन्, ‘लौ है आदङ्वासेहरू १ केही गल्ती पो भयो कि ?’

‘अनि त्यो भमराचाहिं को हो ?’ अर्को पक्षमा उभिएका एक युवा झोंकिन्छन् ।
अँ, खै त भमरा ?

भमरा त आएकै छैनन् । भमरा अर्थात दुलहा । चेम्जोङ गाउँका १९ वर्षे ती किशोर दुलहाले भर्खरै एउटी किशोरीलाई भगाएर लगे । त्यसैले चेम्जोङ गाउँबाट बुढ्यौलीसहित आफन्त शेर्मा गाउँमा आएका छन्, चोरको स्वर बुझाउन ।

‘चोरको स्वर’ पूर्वेली लिम्बु समुदायमा प्रचलित यस्तो रीत, जुन भागी विवाहपछि दुलहीका परिवारलाई जानकारी गराउन र विश्वस्त तुल्याउन तय गरिन्छ । ‘तपाईंहरूको छोरी(चेली हामीसँग छ । हामी उनलाई दुःख, कष्ट दिने छैनौं’ भनी पक्का गरेपछि दुलही पक्षले स्वीकार्ने गर्छन् ।

तर, शेर्मा गाउँका दुलही पक्ष त्यती सजिलै कहाँ पग्लनेवाला छ र ? दुलही गाउँका पाकाहरू भन्छन्, ‘तपाईं र हाम्रो त माङ्गेना नै मिल्दैन ।’

स्थिति कस्तो छ भने, शेर्मा गाउँ र चेम्जोङ गाउँबीच खास मिलाप छैन । यसअघि चेम्जोङ गाउँका चेली ल्याउँदा ‘भ्याकुरा खेदे झै’ लखेटेको द्वेष अझै आलै छ । आपसी दम्भले यी दुई गाउँबीच कठोर पर्खाल ठड्याइदिएको छ । त्यस्तो पर्खाल नाघेर कुटुम्बेरी साइनो जोड्नु कम्ता महाभारत छ ?

वल्लो गाउँ र पल्लो गाउँबीच फाटो ल्याउने अर्को कारण त विकास पनि हो । चेम्जोङ गाउँमा घर(घरसम्म मोटर बाटो छ । झलमल्ल बिजुली छ । तर, शेर्मा गाउँ ?

शेर्मा गाउँ अझै अन्धकारमै छ । यस्तो अँध्यारो गाउँमा छोरीचेली ल्याउँदा दुःख पो पाउने हो कि ? चेम्जोङ गाउँ ढुक्क छैनन् । त्यसैले गहिरो खोंचमाथि बनेको पुल नाघेर शेर्मा गाउँका तन्नेरीहरू चेम्जोङ गाउँसम्म नआए हुन्थ्यो भन्ने छ । एकताका त उनीहरूले आफ्ना चेलीबेटी भगाएर लगेको झोंकमा पुलको लट्ठा काट्नसमेत तम्सिएका थिए । त्यही बेलादेखि हो शेर्मा गाउँका तन्नेरी चेम्जोङ गाउँबासीसँग उल्कै रिसाएको ।

एकअर्काप्रति यति विध्न वैरभाव बोकेका गाउँबीच कुटुम्बेरी सम्बन्ध कसरी जोडिन्छ ? आपसी दम्भ र अहंकारलाई त्यागेर कसरी सामाजिक रितीथितीमा लयबद्ध हुन्छन् ?

थापागाउँस्थित मण्डला थिएटरमा जारी नाटक ‘चोरको स्वर’ले यसैको वृतान्त पस्किन्छ । लिम्बु समुदायमा प्रचलित भागी विवाहपछिका लफडाबाजी, नोकझोंक अनि हार्दिकता नै यस नाटकको सार हो । यद्यपि नाटकले आधुनिक समाजमा विलुप्त हुँदै गएको वैवाहिक रीत मात्र छर्लङ पार्दैन । पूर्वी पहाडको थातथलोबाट लिम्बु समुदायको रहनसहन, वोली(लवज, खानपान र सिंगो समाजलाई जस्ताको तस्तै टिपेर शहरको रंगमञ्चमा थपक्क राखिदिएको छ ।

यस्तो लाग्छ,त्यो स्वादिलो परिवेशमा हामी स्वयम् समाहित भइरहेका छौं । खाँट्टी लिम्बु गाउँमा पुगेर त्यहाँको जन जीविकासँग साक्षतकार गरिरहेका छौं । करिब(करिब दुर्लभ हुँदै गएको एउटा घतलाग्दो रितीथितीको साक्षी बसिरहेका छौं ।

पूर्वी पहाडका घर(गाउँ, भू(बनौट, लत्ताकपडा, भाषा(लवजले नाटकलाई प्राण दिएको छ । यसको कोरियोग्राफी यति रचनात्मक छ कि, तपाईं नाटक हेरिरहेको छु भन्ने कुरा भुसुक्कै बिर्सनुहुनेछ । रंगमञ्चको त्यो आयतकार फ्रेमभित्र लिम्बु गाउँको दुरुस्त र सग्लो परिवेश उतारिएको छ, केही नबिराई ।

भगाएर ल्याएकी दुलहीलाई भित्र्याउन दुलहाको घरमा गरिने परम्परागत प्रबन्धसँगै सुरु हुने नाटकले बाँकी घटनाक्रमलाई सिलसिलाबद्ध पेस गर्छ । दृश्य(रुपान्तरणसँगै एउटा परिवेशबाट अर्को परिवेशमा फड्को मार्दा कहिँ कतै अलमल हुँदैन । दुई फरक गाउँको परिवेश, परिस्थिती, प्रचलनले नयाँपन अनुभूत भइरहन्छ ।

विवाहको तामझाम, मासु र तोङ्वाको बन्दोबस्ती, जन्तका आतिथ्य, मान्द्रोले ढाकेर अनि पराल विच्छ्याइएर बनाइएको बस्ने ठाउँ । बेफिक्री पात्रहरु । सोल्टी र सोल्टिीनीको
नोकझोंक ।

चोरको स्वर’लाई बहुरंगी बनाउन यति नै काफी छन् । त्यसमाथि पूर्वी पहाडको भूगोल र बस्ती सम्झाउने सेट डिजाइन, सोही अनुरुपको प्रकाश संयोजनको तालमेलले नाटकलाई जति हेरेपनि हेरिरहुँ लाग्ने बनाएको छ । च्याब्रुङको ताल लिम्बु समुदायको मौलिक बाजाको पाश्र्व संगीत अझ गजब छ ।

नाटकमा दृश्य संयोजन र संवाद निकै शानदार छ । ख्यालख्यालैमा गंभिर र संवेदनशिल विषय उठाउँछ, ख्यालख्यालैमा जीवन र जगतका आयमहरु पस्कन्छ, अनि ख्यालख्यालैमा भावुक बनाउँछ । आवरणमा झोंकी, रिसाह र बदलाको भावनाले चुर युवाहरु अन्तरआत्माले आफ्ना छोरीचेलीप्रति कति संवेदनसिल छन् ? कति मायालु छन् ? कति चिन्तित छन् ? ख्यालख्यालैमा थाहा हुन्छ ।

नाटकमा प्रशस्तै ख्यालठट्टा छन् । तपाईंलाई कहीँ कतै पट्यारलाग्नै छैन । रमाइला पात्रहरु र नौला परिवेशले रिझाइरहन्छ । उनीहरुको संवाद शैली रसिलो  छ ।

नवीन चौहानले जति घतलाग्दो कथा टिपेका छन् उत्तिकै स्वादिला, चोटिला र संवेदनशील तत्वहरू पनि यसमा मिसाइदिएका छन् । लालमोहरको द्वन्द्वदेखि लिम्बुवानको राजनीतिसम्म यसमा उप्काइदिएका छन् । वैचारिक लडाइँ अनि विकासे योजनाले कसरी रैथाने संस्कृतिको दोहन गरिरहेको छ भन्ने पनि यसले प्रसंग उठाउँछ । बाटो बनाउने चक्करमा डोजरले चिहान डाँडा नै खन्न थालेपछि बुढापाकामा बढेको चिन्ताले वर्तमान समाजको विकासे अनुहार उदांगो बनाउँछ ।

गीत संगीतमा अविछिन्न सफलता बटुलिरहेको आर्टमान्डुले पहिलो पटक नाटकको तारतम्या मिलाएको हो । पहिलो पटक नै सही, अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशन परिपक्क छ । कलाकारहरुको अभिनय, लवज, पहिरन शैली कम्ता सुहाएको छैन, स्वभाविक पनि ।
एकमुष्ठ भन्नुपर्दा ‘चोरको स्वर’ मनोरञ्जनको खुराक मात्र नभई एक सांस्कृतिक मञ्चन पनि हो । यसबाट तपाईं भरपुर आनन्द त लिनुहुनेछ नै, साथसाथै अनौठो रितीथितीको साक्षी पनि बन्नुहुनेछ ।

निर्देशक ः अनिल सुब्बा, अन्वेश राई थुलुङ

कथा ः नवीन चौहान

कलाकार ः अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापामगर, बेदना राई आदि ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान