"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

No data was found

Khabar Raftar

चैत्र २७ कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले लालझाडी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविरमा २३ जनामा सिकलसेल एनिमिया–थालसेमिया पहिचान भएको हो ।

एक सातासम्म सञ्चालन भएको उक्त शिविरमा दुई हजार ६ सय ४७ जनाको रगत परिक्षण गरिएको स्वास्थ्य कार्यालयका ‘फोकल पर्सन’ सिद्धराज भट्टले जानकारी गराए । एक हजार ७ सय ५७ जना महिला र ८ सय ९० जना पुरुषको रगत परीक्षण गरिएकोमा १ सय ४८ जना महिला र ७५ जना पुरुष गरी २ सय २३ जनामा ट्रेट (वाहक) देखिएको भट्टले जानकारी गराए ।

“पोजेटिभ देखिएकाहरुको थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएको बताउदै उनले त्यसको रिपोर्ट आउन केही समय लाग्ने बताए । नेपालका थारू चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको र समयमै यसको रोकथामका उपायहरु अवलम्बन गर्न नसकिए अवस्था झन् भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारू चौधरीहरु समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भट्टले बताए ।

“सिकलसेल एनिमिया र थालेस्मिया व्यक्तिको जिनसम्बन्धी खराबीका कारणले हुने बताउदै उनले रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिने बताए । केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यस बाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकलसेल रोग भएर जन्मने उनले बताए ।

ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए । सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग भएको बताउदै उनले वाहक (ट्रेट) देखापरेका व्यक्तिहरुको रगतको अन्तिम चेकजाँच गरी सिकलसेल एनिमिया भए÷नभएको पुष्टि गरिने बताए ।

हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्याहरु विश्वमा पाँच प्रतिशत भन्दा बढी भएको तथ्याङ्क रहेको बताउदै उनले तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया भएको बताए । नेपालमा पनि खास गरी थारू चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाहरुको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिहरुमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उनले बताए । सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान