चैत्र २७ धनगढी । कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार मिर्गी भएर ढलेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर—७ मनहेराका थुुनुवा ३२ वर्षीय मुकेश राना सेती प्रादेशिक अस्पतालबाट फरार भएका हुन ।
उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेकोमा राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ ।
अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेको बताईएको छ । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी गराए । रानाको खोजी कार्य भइरहेको जानकारी गराउदै उनले १३ ग्राम ब्राउन सुगर सहित चैत २४ गते उनलाई पक्राउ गरेको जानकारी गराए ।
बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको बताउदै उनले होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा रहेका उनी भागेर फरार भएको बताए ।


