चैत्र ११ डडेल्धुरा । बालयौन दुर्वव्यावहार मुद्दामा फरार डडेल्धुराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले बालयौन दुर्वव्यावहार मुद्दामा १३ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर–४ चुल्ल बस्ने २२ वर्षीय केशव भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जानकारी गराएको हो ।
Post Views: 36


