"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सेती देखि कर्णाली हुँदै टीकापुरसम्म जलयात्रा महोत्सव सुरु

No data was found

Khabar Raftar

चैत्र ०९ धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलयात्रा महोत्सव सुरु भएको छ ।‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको आधार’ भन्ने नारा सहित सोमबार डोटीको सेती नदीबाट सुरु भएको महोत्सव कैलाली हुँदै कर्णाली नदी मार्गबाट टीकापुर सम्म ¥याफ्टिङ गरिने कार्यक्रम सहित सुरु भएको हो ।

मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले आयोजना गरेको महोत्सवमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाले सहकार्य गरेको छ भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ ।

यसमा कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाको समेत सहकार्य रहेको छ । महोत्सवमा २५ जना विदेशी पर्यटक र २५ जना नेपाली जलयात्रा गाइड तथा चालकहरूको सहभागिता रहेको छ ।

प्राविधिक सहयोग कर्णाली ¥याफ्टिङ एन्ड एडभेन्चर प्रालि, चिसापानीले गरेको छ । कम्पनीका देवराज जैसीका अनुसार यसअघि सेती देखि कर्णाली हुँदै चिसापानी सम्म जलयात्राको परीक्षण भइसकेको छ ।

प्रदेश पर्यटन कार्यक्रमका प्रमुख डबलबहादुर बोहराले जलयात्राले लामो दूरीको ¥याफ्टिङ सम्भाव्यता अध्ययन गर्नुका साथै साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कार्यक्रम प्रभावकारी हुने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सेती नदीमा सहभागीहरूलाई स्वागत गर्दै महोत्सवको शुभारम्भ गरेका थिए । सहभागीहरू आइतबार ै दिपायल पुगेका थिए ।

महोत्सवलाई बुद्ध एयरलाइन्स, होटल एल अफ ठमेल, सालिनी बाटिका तथा इको रिसोर्ट गोदावरी, रिभरसाइड होटल दिपायल र वर्षा होटल दिपायल डोटीले समेत सहयोग गरेका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान