"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विकासमा पछाडी परेको बाजुराको गुम्बा गाउँ

No data was found

Khabar Raftar

चैत्र ०८ बाजुरा । जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै २ सय किलोमिटर तथा गाउँपालिका केन्द्रबाट करिब १ सय ५० किलोमिटर दूरीमा रहेको गुम्बा गाउँ विकासमा पछाडी परेको छ ।

मानव विकास सूचकाङ्कका आधारमा देशका ७७ जिल्ला मध्ये सबै भन्दा पछाडी पर्ने बाजुरा जिल्लाको दुर्गम क्षेत्र हिमाली गाउँपालिका वडा नम्बर–३ मा पर्ने गुम्बा गाउँ विकासमा पछाडी परेको हो । स्थानीयलाई पालिका केन्द्रसम्म आउन–जान अझै पनि चार–पाँच दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लाका अन्य गाउँ बस्ती सडक सञ्जालमा जोडिँदै गए पनि गुम्बा गाउँ अझै सडक पहुँचबाट टाढा रहेको छ । गाउँमा ६५ घर जनजाति परिवारको बसोवास रहेको छ भने ७४ जना मतदाता रहेका छन् ।

गुम्बा गाउमा मतदान केन्द्र भए पनि मत माग्नका लागि अहिले सम्म कुनै उम्मेदवार गाउँसम्म नपुगेको स्थानीयले बताएका छन । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल बाहेक अन्य दलका नेता तथा कार्यकर्ता गुम्बा गाउ पुग्न नसकेको उनीहरुले बताएका छन । गुम्बा गाउँमा भोटे जनजातिको बसोवास रहेको छ ।

उनीहरू चौरी, भेडा र घोडा पालन गर्दै आएका छन् । यिनै जनावरको सहायताले दाल, चामल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्री उनीहरुले ढुवानी गर्ने गरेका छन ।

स्थानीय जसबहादुर भण्डारीले पहिले घोडेटो बाटो सम्म नभएकाले स्थानीयले ज्यान जोखिममा राखेर भिरालो बाटो हुँदै आवत जावत गर्नुप।ेको जानकारी गराउदै २०७६ सालमा गाउँपालिकाले घोडेटो बाटो निर्माण गरेपछि अहिले केही सहज भएको बताए ।

दुर्गम गाउँमा सबै भन्दा पहिले विकास हुनुपर्ने बताउदै उनले गुम्बा गाउँका बासिन्दाले अझै विकासको अनुभव गर्न नपाएको बताए । पहिले यहाँ गाउँ छ भन्ने कुरा पनि धेरैलाई थाहा नभएको बताउदै उनले स्थानीय सरकारले केही काम गरेपछि मात्र गुम्बा गाउँ चिनिन थालेको बताए ।

खानेपानी, शिक्षा र स्वास्थ्यका केही आधारभूत सेवा पुगे पनि अन्य सेवा–सुविधाबाट गाउँ अझै वञ्चित रहेको उनले बताए । हिमाली गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष मङ्गल बुढाले सडक अभावकै कारण स्थानीयलाई आवत जावतमा निकै कठिनाइ भएको बताए ।

पहिला घोडेटो बाटो समेत नहुँदा डोरीको सहारामा भिर पार गर्नुपर्ने अबश्था रहेको बताउदै उनले अहिले बाटो बनेपछि केही सहज भएको बताए । लामो समय देखि स्थानीय सडक सञ्जालमा जोडिन चाहिरहेको बताउदै उनले राज्यको ध्यान नपुग्दा त्यो सपना अझै पूरा हुन नसकेको बताए ।

गुम्बा गाउँ जिल्लाकै दुर्गम बस्ती भएकाले राजनीतिक गतिविधि र नेताहरूको उपस्थिति पनि न्यून हुने गरेको उनले बताए । गाउँपालिका अध्यक्ष मल्लले २०७९ सालको निर्वाचनका क्रममा गुम्बा गाउँ पुगेको बताउदै त्यसपछि शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा केही काम गरिएको बताए ।

गुम्बा गाउँ जिल्लाको मात्र नभई देशकै दुर्गम बस्ती भएको बताउदै उनले विकासका लागि प्रदेश र केन्द्रको पर्याप्त ध्यान पुग्न नसकेको बताए । प्राकृतिक रूपमा सुन्दर गुम्बा गाउँ रानीसैन नजिकै पर्ने उनले बताए ।

बझाङको साइपाल हिमाल जाने मार्ग पनि गुम्बा गाउँ आसपासबाट पर्ने बताउदै उनले सम्भावना हुँदाहुँदै पनि राज्यको नजर नपुग्दा स्थानीय बासिन्दा विकासबाट वञ्चित हुनु परेको बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान