"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कुप्रथा हटाउन सामूहिक रुपमा सक्रिय बन्दै बाजुराका किशोरीहरू

No data was found

Khabar Raftar

चैत्र ०५ बाजुरा । बाजुराका विभिन्न गाउँ समाजमा रहँदै आएको सामाजिक कुप्रथा हटाउन स्थानीय कशोर किशोरीहरु सक्रिय बन्दै गएका छन् । गाउँ बस्तीमा अझै जातीय विभेद छुवाछूत छाउप्रथा बालविवाह महिला हिंसा लगायतका सामाजिक कुप्रा लामो समय देखि कायमै रहँदै आएकोले यसको अन्त्य गर्नका लागि थानीय कशोर किशोरीहरु सक्रिय बन्दै गएका हुन ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–५ डोगडीकी किशोरी पवित्रा बुढाले सम्वृद्ध समाज परिकल्पनाका लागि कुप्रथा प्रमुख कारक तत्व भएकाले यसलाई जरै देखि उल्खेल्ने गरी किशोर किशोरीहरुको सामुहिक छलफल भइरहेको बताइन् ।

पुराना पुस्ताले मान्दै आएका यस्ता कुरीतिका कारण अहिलेको नयाँ पुस्तालाई हानिकार हुँदै आएकोले यसलार्ई अन्त्य गर्नका लागि अहिले गाउँ बस्तीमा रहेका सबै किशोर किशोरीहरुको सहमती समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्नु परेको उनले बताईन । स्थानीय किशोर किशोरीहरु सामुहिक छलफलमा जुटेसँगै गाउँमा हुने गरेका जातीय विभेद छुवाछूत छाउप्रथा महिला हिंसा लगायतका घटनाहरु कम हुँदै गएको बुढाले बताइन् ।

बाजुरामा अहिले पनि पहिला पुस्ताका अधिकाशं महिलाहरु छाउगोठमा सुत्ने गरेको बताउदै उनले नयाँ पुस्ताका महिलाहरु भने आफ्नै घरकै एक कोठामा सुत्न थालेको उनले बताईन । स्थानीय किशोर किशोरीहरुले छाउप्रथा केही होईन भन्ने सन्देश घरघरमा फैलाउँदै गएपछि अहिलेका नयाँ पुस्ताका महिलाहरु महिनावारी हुँदा आफ्नै घरको कोठामा सुत्न थालेको उनले बताईन ।

गाउँमा घरमा रहेका यस्ता कुप्रथा रोक्नका लागि स्थानीय सरकारले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै उनले पढेलखेका महिलाहरुले समेत देवता रिसाउने डर मान्ने गरेकै कारण गाउँमा छाउप्रथा कामयै रहँदै आएको बताईन । आर्थिक वर्ष २०८०÷८१ मा खप्तड छेडेदह गाउँपालिकाका एक सय भन्दा बढी किशोर किशोरीहरुले बालविवाह गरेको बताउदै उनले चालु आर्थिक वर्षमा त्यो सङ्ख्या शुन्यमा झरेको महिला विकास मञ्च बाजुराका सहजकर्ता देवबहादुर सेरालाले बताए ।

अहिले सबै किशोर किशोरीहरु कुप्रथा हटाउन निकै सक्रिय बन्दै गएको बताउदै उनले उनीहरुले सानै उमेरमा कुनै पनि बाmल बालिकाहरुलाई विवाह गर्न नदिएको बताए । पढाई छोडेर घरमा बसेकाहरुलाई समेत विद्यालयमा पढ्न उत्प्रेरणा गर्दै आएको उनले बताए । महिला विकास मञ्च बाजुराको समन्वयमा स्थानीय किशोर किशोरीहरु सक्रिय बन्दै गएपछि पहिले देखि कायमै रहेको सामाजिक कुप्रथा अहिले न्यूनिकरण हुँदै गएको सेरालाले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान