प्रदिप मलासी, चैत्र ०४ बझाङ्ग । बझाङ्गको लतकोट गाउपालिकाले स्थानीयस्तरका जडिबुटीहरुको प्रयोग र संरक्षण सम्बन्धि महिला स्वास्थ्थ स्वयंमसेविकाहरुलाई १ दिने परिचात्मक कार्यक्रम गरेको छ । बझाङ्गको लतकोट गाउपालिकाले वडा नंम्बर १ र २ का ३५ जना महिला स्वास्थ्थ स्वयंम सेविकाहरुलाई १ दिने परिचात्मक कार्यक्रम गरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्थ केन्द्र बझाङ्गका प्रमुख आयुर्वेद चिकित्सक डाक्टर बिजय पुरीको अध्यक्षतामा स्वयंम सेविकाहरुलाई १ दिने परिचात्मक कार्यक्रम गरिएको हो । स्थानीय स्तरमा रहेका जडिबुटीहरुको संरक्षणसंगै प्रयोग गर्ने बिधिका बिषयमा जानकारी दिने उदेश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष डाक्टर बिजय पुरीले बझाङ्ग जडिबुटीको प्रमुख उत्पादन स्थलका रुपमा रहेको बताए ।
झन्डै ९ हजार प्रकारका फुलफुल्ने जडिबुटी बझाङ्गमा उत्पादन हुने गरे पनि ९ सय भन्दा बढी जडिबुटी परिक्षण सफल गर्न नसकिएको डाक्टर पुरीले बताए । बेल,ब्रामणि,पाति,बोझो, अमला, भिण्याईति, गुर्जो चिराइतो, असुरो, तितेपाति,तिर्मुणा,कोणिल्लो,कन्ठकारी र तुलसी जस्ता जडिबुटीहरु बझाङ्गमा प्रस्सत पाईने भए पनि त्यसको संरक्षण र प्रयोगको ज्ञान अभावका कारण जडिबुटी नष्ट हुँदै गएको डाक्टर पुरीले बताए ।

कार्यक्रममा सहभागी तुलसी कामीले औषधिजन्य जडिबुटी ठाउगाउमा रहेको कुरा थाहा नभएका बेला जडिबुटीको पहिचान र प्रयोगसंगै संरक्षण गर्ने बिषयमा चेतनामुलक जानकारी पाएको बताईन । काम नलाग्ने र बिशालु जडिबुटीका रुपमा चिने बुझेका जडिबुटीहरुको मात्रा अनुसारको प्रयोगले औषधिको काम गर्ने कुराको ज्ञान प्राप्त भएको कामीले बताईन ।
जडिबुटीको उत्खनन् गरि सस्तो मूल्यमा बिक्री गर्ने कुराको ज्ञान मात्र पाएको बताउदै उनले समुदायका लागि कार्यक्रम अति महत्वपूर्ण भएको बताईन । कुन जडिबुटी बाट कुन रोगको निवारण हुन्छ भन्ने कुराको जानकारी नभएका बेला कार्यक्रम मार्फत प्राप्त संदेशले सजक बनाएको कार्यक्रमकी अर्की सहभागी शारदा मल्ल बमले बताईन । दुई वटा शेसनमा संचालन गरिएको कार्यक्रममा स्थानीय जडिबुटीको संरक्षण र प्रयोग सम्बन्धि परिचात्मक कक्षा डाक्टर बिजय पुरी र मर्म चिकित्सा बिषयक कक्षा वैद्य मिनराज पुरीले लिएका थिए ।
वैद्य पुरीले स्थानीय स्तरमा रहेको बोझोले रुघाखोकी हटाउनुका साथै लाटोपन घटाउने र बच्चाको स्मरण शक्तिमा बृद्वि गर्ने गरेको जानकारी गराउदै बेलले पखाला रोक्ने ,ब्रामणिले क्षमता बृद्वि गर्ने गरेको जानकारी गराए । त्यसैगरी अमला भिटामिन सि प्राप्त बुटी भएको बताउदै उनले जसको प्रयोगले मानिसको पाचन शक्ति बढाउनुका साथै पेट सफा गर्ने सुनिएको गिजा ठिक पार्ने पिसाव पोल्ने समस्या निराकरण गर्नुका साथै मानव शरिरमा रगतको मात्रा पनि बढाउने गरेको बताए ।
सिलाजित यौन शक्ति बढाउने र शक्ति बर्दक, सुगर प्रेसर आदिको औषधिको रुपमा प्रयोग हुने गरेको उनले बताए । गुजा, असुरो,तितेपाति, कुणिल्लो र तुलसी जस्ता जडिबुटीले मानव स्वास्थ्थ संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै उनले यी सबै खाले जडिबुटीहरुको चूर्ण र झोल औषधि जिल्ला स्वास्थ्थ आयुर्वेद केन्द्र मार्फत उपलब्ध हुँदै आएको उनले जानकारी गराए ।



