सदियौ बर्षदेखि सामन्ती ब्राह्मणवादी जातोमा पिल्सीदै आएका आएका दलित समुदाय अहिले पनि जातीय रुपमा पीडित बन्दै आएका छन । लिच्छवी कालीन अवस्था देखि आजका दिन सम्म एकपछि अर्कौ गरी हिन्दु सामन्ती व्रामणवादी तत्वहरुले दलित समुदायमाथी घोर अन्याय र विभेद गर्दे आएको कुरो सत्य हो ।
नेपाली जनतामाथी व्यापक शोषण उत्पिडन थिचोमिचो गर्दै आएको तथ्य पनि छर्लङगै छ । जातपात भेदभाव रहित नेपाली समाजमा लिच्छवीहरुले नेपालमा हिन्दु वर्णाश्रम व्यवस्थाको जरो गाडेर एक सुत्रमा गासिएको नेपाली समाजलाई छिन्न भिन्नताको अवस्थामा पु¥याएको तथ्य स्पष्टै छ ।
लिच्छवीहरुले लागु गरेको हिन्दु जातीवादी वर्णाश्रम व्यवस्थालाई चौधौ शताब्दीतिर काठमाण्डौंका राजा जयस्थिती मल्लले कानुनी मान्यता दिएर नेपाली समाजलाई विभिन्न जात उपजातमा विभक्त गराएर चरम जातीय विभेद लादेको इतिहास छ ।
त्यसलाई सिको गरेर गोर्खाका रामशाह, कर्णालीका पृथ्वीमल्ल लगायतका वाइसे चौबिसे राजा रजौटाहरुले हिन्दु वर्णश्रमिय जातीय भेदभावलाई ग्राहईएता दिएर आ–आफनो राज्य स्रोतमा लागु गरेर समस्त नेपाली जनता माथी व्यापक निर्मम दमन उत्पिडन गरेको पाईन्छ ।
वि.सं. १८२५ तिर नेपालमा पूर्णरुपले हिन्दु वर्णाश्रम व्यवस्थालाई दिगो राख्ने शर्तमा हिन्दु धर्मालम्वीय भारतीय राजा रजौटाहरु एंव उनका गुरु पुरोहितहरुले सहयोग गरेर काठमाण्डौ उपत्यका कब्जा गरी महाराजा स्वघोषित हुन पुगेका पृथ्वी नारायण शाहले हिन्दु धर्मालम्वीय भारतीय राजा रजौटा र उनका गुरु पुरोहितहरुको नेपालमा हिन्दु वर्णश्रम व्यवस्थालाई दिगो राख्ने शर्तलाई पुरा गर्न नेपाललाई असली हिन्दुस्थानी मुलुक घोषित गरेर नेपालमा घोर हिन्दुवर्णाश्रमिय जातीवादी राज्य व्यवस्था लागु गरेर नेपाली जनतालाई चरम आतंकको घेराभित्र कैदी बनाएको कुरालाई नेपालको इतिहासले नकार्न सक्दैन ।
त्यसैमा टेकेर पृथ्वीनारायण शाहका उत्तराधिकारी शाहवंशिय राजाहरुका साथै राण शासकहरुले नेपालमा घोर हिन्दु वर्णाश्रमिय चरम जातीय भेदभाव सहितको राज्य व्यवस्था सञ्चालन गरेर नेपाली जनतालाई मर्नु न बाच्नुको स्थितिमा पु¥याएको कुरा सर्वविदितै छ । यसै परिप्रक्षेमा नेपाली जनताले २००७ सालमा जनक्रान्ती गरेर क्रुर जहानियाँ राणा शासनको अन्तय गरे ।
त्यसपछि दरवारिया तत्वहरु झन हावी बन्न पुगेर २०१७ साल पुष १ गते राजा महेन्द्रले निर्दलिय पञ्चायती व्यवस्था लागु गरेर तानासाहको चरमरुप देखाए । त्यसका बिरुद्ध पनि नेपाली जनताले ३० वर्ष सम्म लडेर २०४६ को जनआन्दोलनद्धारा दल विहिन पञ्चायती व्यवस्थाको अत्येष्टी गरे ।
तत्पश्चात पनी राजा र राजतन्त्र हावी नै रह्यो । त्यसका विरुद्ध पनि नेपाली जनताले २०६२÷०६३ मा महान लोकतान्त्रीक गणतन्त्रको स्थापना गरी हाल मुलुकमा गणतन्त्रामक राज्यव्यवस्था कायम हुन पुगेको छ । यस अवस्थामा पनि नेपाली जनताले सुख शान्ती आम चयनको सास फेर्न पाएका छैनन् । मुलुकमा अराजकता उस्तै छ ।
हत्या,हिंसा, मारकाटका श्रंखला उस्तै छन् । अन्याय, अत्याचार, दमन, उत्पीडन, थिचोमिचो, गण्डागर्दी, तस्करी, घुसखोरी, भ्रष्टाचारी उस्तै छन् । गरिबी,भोकमरी ,सुकुम्बासी समस्या उस्तै छ । जातीय विभेद,नारी पुरुष बीचको विभेद ब्यापक नै छ । मुलुकमा कानुनी राज्यको प्रत्याभूति हुन सकेको छैन् । धाँधली,गुण्डागर्दी,हत्या,बलात्कारका घटना झन् चरम हुन पुगेका छन् ।
जातपात छुवाछूतको प्रथा प्रचलन कायमै छ । सान्तवाद,जातिवादका पछौटे भरौटेहरुले गर्दा गणतन्त्रामक संबिधान निर्माणमा ब्यापक बाधा अबरोध उत्पन्न भईरहेको छ । यस अबस्थामा मुलुकलाई अग्रगामी बनाउन नौलो राज्य व्यवस्था अपरिहार्य हुन आएको छ । यसै परिप्रेक्षमा देश र जनताको पूर्ण मुक्तीका निम्ती मुलुकमा जातीय ,वर्गीय विभेद मुक्त गर्न सम्पूर्ण नेपाली जनता एकजुट हुन जरुरी छ ।

