"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

No data was found

Khabar Raftar

चैत्र ०२ कञ्चनपुर । व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराउने जानकारी गराए ।

किसानलाई १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उनले जानकारी गराए । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने उनले जानकारी गराए । किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउन नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको उनले जानकारी गराए । यस कार्यक्रमबाट केरा खेतीमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको उनले बताए । हाल कृष्णपुर नगरपालिकामा व्यावसायिक रूपमा ३५ जना भन्दा बढी किसान केरा खेती गर्दै आएका छन ।

नगरपालिकाको विभिन्न क्षेत्रमा करिब ५५ हेक्टर भन्दा बढी जमिनमा केराखेती हुँदै आएको कृषि शाखा प्रमुख धामीले जानकारी गराए । अनुदानमा केराका बिरुवा वितरणका लागि नगरपालिकाले ३० दिने सार्वजनिक सूचना जारी गरेको उनले बताए । इच्छुक किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीले तोकिएको समय भित्र आवश्यक कागजात सहित निवेदन दिन सक्ने व्यवस्था गरिएको उनले बताए ।

निवेदनका साथ केराका बिरुवाको सङ्ख्या, केराको जात, किसान समूह वा सहकारीको दर्ता प्रमाण पत्रको प्रतिलिपि, खेती गर्ने जमिनको क्षेत्रफल खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने सर्त राखिएको उनले बताए । एलानी जग्गामा खेती गर्ने भए भोगचलन प्रमाण र भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपि समेत पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस कार्यक्रम मार्फत स्थानीय स्तरमा केरा उत्पादन वृद्धि गर्दै किसानको आम्दानी बढाउने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको बताइको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान