फागुन २४ कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज्ञानेन्द्रसिंह महता विजयी भएका छन । उनी २७ हजार १ सय १८ मतसहित विजयी भएका हुन ।
सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार महता १७ हजार ६ सय ७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन । बोहराले ९ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका दीपकप्रकाश भट्टले ७ हजार ५ सय ७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर सुनारले ४ हजार २ सय ८४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले ३ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा एक लाख ३ हजार ८७ मतदाता रहेकोमा ५८ हजार ३ सय ६१ मत खसेको थियो ।
Post Views: 26


