प्रदिप मलासी,फागुन २२ बझाङ । फागुन २१ गते निर्वाचनका दिन लडेर गम्भीर घाइते भएका बझाङका बझाङका १५ वर्षीय टिका धामीलाई हेलीकोप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको छ ।
विहीबार गोरुलाई जंगलमा छोडेर खोलामा माछा मार्न जाँदा लडेर घाईते भएका मष्टा गाउँपालिका वडा नम्बर २ का धनराज धामीका छोरा १५ वर्षीय टिका धामीलाई शुक्रबार हेलीकोप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको हो । घाइते धामीलाई तत्काल उपचारका लागी जिल्ला अस्पताल बझाङ ल्याइएको थियो ।
धामीको अस्पतालका प्रमुख डा. सन्दीप ओखेडा सहितको चिकित्सक टोलीले उपचारमा सक्दो प्रयास गरेको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिए पछि प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र डा. ओखेडाको पहलमा घाइते धामीलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी गराएको हो ।
Post Views: 124


