फागुन २१ धनगढी । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा दिउँसो ३ बजे सम्म ३२ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ बजे सम्म ४१ हजार २ सय २२ मत अर्थात ३२ प्रतिशत मात्रै मत खसेको हो ।
जसमा १६ हजार ८ सय १४ जना पुरुष र २४ हजार ४ सय ८ जना महिला मतदाताले मतदान गरेका छन् । यो कुल मतदाताको ३२.१ प्रतिशत मात्रै हुन आउँछ । डोटीको कुल मतदाता संख्या एक लाख २८ हजार ३ सय ९९ छ ।
Post Views: 70


