दुर्घटना बढ्दै गएका छन । विभिन्न कारणले दुर्घटना बढ्दै गएका हुन । सवारी साधनको चाँप बढ्दै गएको छ भने दुर्घटनाको संख्या पनि बढ्दै गएको छ । ट्राफीक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने,ओभर ट्याक गर्न र द्ुर्तगतीमा सवारी हाक्ने गरेका कारण दुर्घटना बढ्दै गएका हुन । त्यसका अलावा सडकहरु साघुरा बन्दै जानु, सवारी साधनको चाप बढ्दै जानु, ट्राफिक नियमको ज्ञान नहुनु र ज्ञान भएर पनि पालना नगर्नुले दुर्घटना बढ्दै गएका हुन ।
पटक पटक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न हुदै आएका भए पनि अझै मदिरा सेबन गरेर सवारी चलाउने ब्याक्तिहरुले गर्दा अन्य निर्दोष मानिसहरुले ज्यान गुमाउनु पर्ने अबश्था रहेको छ । ट्राफिक प्रहरी कार्यालयले पनि ट्राफिक नियमको पालना गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । स्थानीय तहका प्रमुख,यातायात व्यवसाय,अटो रिक्सा र साना सवारी साधनका चालक र सहचालकलाई दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गर्न आवश्यक छ ।
विशेष गरी अटोरिक्सा चालक र टा«फिक नियमको उलंघन गर्नेलाई कारबाही गर्न आवश्यक छ । दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रसलाई प्राथमिकतामा राख्न आवश्यक छ । ट्राफिक नियमको पालना गर्ने चेतनाको विकास सवारी चालक सबैलाई हुन जरुरी छ । चालक र सहचालकले माधकपर्दाथ सेवन गरेर सवारी साधन नचालाउन अनुसासन कायम गर्न र चालकले ट्राफिक चिन्हहरूको पालन गर्न आवश्यक कुराहरुको सचेतीकरण गराउन आवश्यक छ ।
जसले गर्दा ट्राफिक नियम सम्बन्धी चेतनाको विकास गराउदै चालकले ट्राफिक नियमको पालन गर्न र दुर्घटना न्यूनीकरण गर्नमा टेवा पु¥याउने छ । साघुरो सडकसंगै सडकमा भएका खाल्डा खुल्डीले गर्दा पनि दुर्घटना हुने गरेका छन । कयौँले ज्यान समेत घुमाउन परेको छ ।
समुदाय स्तरसम्म ट्राफिक नियमको पालना र जनचेतनाका कार्यक्रम गर्न सकियो भने दुर्घटना न्यूनीकरणमा कमी आउन सक्ने भएकाले यस्ता कार्यक्रमहरु बेलाबेला गर्न आवश्यक छ । जसले गर्दा ट्राफिक नियमको पालना गरेर दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्न सबैले आवश्यक छ । सुरक्षित यात्राका लागी साबधानी अपनाउन जरुरी छ ।

