"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा निर्वाचन सुरक्षामा कडाई, २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने

No data was found

Khabar Raftar

फागुन ११ बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लामा २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो । निर्वाचनलाई सुरक्षित बनाउनका लागि यस पटक २०७९ सालको निर्वाचन भन्दा बढी कडाई गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक खगेन्द्र धमलाले विगतका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना तयार गरिएको बताए । निर्वाचनका लागि कुल २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनको जानकारी गराए । जिल्लामा निर्वाचनका लागि ७ सय ११ जना नेपाल प्रहरी, ४ सय ८ जना नेपाली सेना, १ सय ८४ जना सशस्त्र प्रहरी र १ हजार ५ सय ८० जना निर्वाचन प्रहरी खटाईने उनले बताए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ । जिल्लामा कुल १ लाख २६ हजार ९ सय ३ जना मतदाता रहेका छन् । तीमध्ये ६२ हजार २ सय ८९ जना पुरुष र ६४ हजार ६ सय १४ जना महिला मतदाता रहेका छन् । निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १ सय ३७ मतदान स्थल तोकिएका छन् ।

तीमध्ये ३ वटा मतदान स्थल सामान्य, ४९ वटा संवेदनशील र ८५ वटा अति संवेदनशील सूचिमा राखिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान नेपालीले जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको बताए ।

मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन देखि सुरक्षा रणनीति सम्मका कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख वसन्तबहादुर धानुकले बताए । उनले निर्वाचनमा १ हजार १ सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उनिहरुलाई आवश्यक तालिम दिने तयारी भैरहेको बताए । फागुन ३ गते देखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान