फागुन १० डोटी । डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटना ह्ुँदा ४ जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सल गाउँपालिका वडा नम्बर–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते भएकी छिन ।
उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको बताइएको छ । त्यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नम्बर ३ मेल्टाकी १९ वर्षीया शारदा साउद पनि घाइते भएकी छिन् ।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल ल्याइको छ । बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।


