"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दै

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला आर्थिक वर्षहरुमा भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दै गएको हो । आयोगमा वर्षेनी १ हजार भन्दा बढी उजुरी पर्ने गरेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार १२ वर्षको अवधिमा ११ हजार ९ सय ५२ उजुरी दर्ता भएका छन् । जसमध्ये ११ हजार ४ सय ९ उजुरी फच्र्याेट भइसकेका छन् भने ५ सय ४३ वटा उजुरी बाँकी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले बुधबार ३५ औँ स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०÷७१ मा ७ सय ४९, ०७१÷७२ मा एक हजार १ सय २६, ०७२÷७३ मा ९ सय ५८, ०७३÷७४ मा ६ सय ४४ र ०७४÷७५ मा ५ सय ८८ उजुरी दर्ता भएका छन ।

त्यसैगरी, ०७५÷७६ मा ७ सय ३४, ०७६÷७७ मा ९ सय १२, ०७७÷७८ मा ९ सय ७, ०७८÷७९ मा ७ सय ७, ०७९÷८० मा एक हजार २ सय ७३, ०८१÷८२ मा एक हजार १ सय ९८ र चालू आर्थिक वर्ष ०८२÷८३ को हाल सम्म ६ सय ८६ उजुरी दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको माघ २६ गते सम्म सबैभन्दा बढी कैलालीबाट २ सय ९२ तथा सबैभन्दा कम डडेलधुराबाट ७६ उजुरी दर्ता भएका छन् । त्यसैगरी, कञ्चनपुरमा १ सय ९२, अछाममा १ सय २४, बाजुरामा १ सय २०, बैतडीमा ९५, बझाङमा ८७, दार्चुलामा ८३, डोटीमा ७९ उजुरी दर्ता भएका छन् ।

चालू आर्थिक वर्षमा ६ सय १० उजुरी फच्र्याेट गरिएकोमा ५ सय ३८ अझै बाँकी रहेका छन् । अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले हाल जिल्लाबाट ११ वटा मुद्दा विशेष अदालतमा दर्ता गरिएको जानकारी गराउदै १ स्ट्रिङ अपरेसन गरिएको बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सार्वजनिक निकायमा कार्यरत कर्मचारीले नागरिकलाई अख्तियार देखाएर काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचार भएकाले त्यसतर्फ समेत सचेत हुनु पर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा कार्यरत कर्मचारी स्वयं नैतिकवान हुनु पर्ने बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान